२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुबै जना विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् । उनिहरुबाट अन्यमा कोरोना संक्रमणको जोखिम नरहेको जनाईएको छ । क्वारेन्टाइनमा रहेका सबैको स्वाब परीक्षण हुँदै आएको छ ।

आज आएको रिर्पोटमा २ जनामा पोजेटिभ देखिएको हो, दमक नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बद्रि बरालले बताएकाछन् । डराउनु वा आतिनु पर्ने अवस्था छैन र क्वारेन्टाइनमा सुरक्षित तवरले रहेकाहरुमा कोरोना संक्रमण देखिएको हो, उनले भने ।

यो संगै दमकमा कोरोना संक्रमतिको संख्या ९ पुगेको छ । यसमा समुदाय स्तरमा २ जना रहेकाछन् । अन्य सबै क्वारेन्टाइनमा रहेकाहरु हुन् । शुरुवातमा कोरोना संक्रमण देखिएका बृद्ध निको भएर घर फर्किसकेकाछन् । उनमा कोरोना देखिएपनि त्यसपछि केहि समय कसैमा पनि कोरोना संक्रमण देखिएको थिएन ।

एक क्यान्सर रोगबाट पीडित महिलामा केहि दिन अघि कोरोना देखिएको थियो । उनलाई भरतपुर अस्पतालमा जाँचको क्रममा कोरोना देखिएको हो । नगरपालिकाले कोरोना संक्रमण फैलन नदिन आवश्यक सबै उपाय अपनाएको जनाउदै आएको छ ।