दमकको साइन्स पार्कको प्रशासनिक भवन सम्झौता अगावै सकेपछि निर्माण ब्यवसायी प्रकाश केसी सम्मानित
दमक/ दमकको साइन्स पार्कमा भवन निर्माणको काम निर्धारीत समय अगावै सकेपछि निर्माण ब्यवसायी प्रकाश केसी सम्मानित भएकाछन् । बिज्ञान तथा फन पार्क निर्माण उपभोक्ता समिति दमक १० ले प्रशंशापत्र सहित केसीलाई सम्मान गरेको हो ।
प्रविण निर्माण सेवाका प्रोपाइटर केसीले समयमा काम सकेकाले सम्मान गरिएको जनाईएको छ । दमक नगर प्रमुख रोमनाथ ओलीले प्रशंशापत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानेका अनुसार पार्कको प्रशासनिक भवन निर्माण पुरा भएको हो ।
करिब डेढ करोडको लागतमा प्रशासनिक भवन बनेको हो । भदौमा सकिनु पर्ने काम असारमा नै सकिएपछि केसीले बोनस पनि पाउनेछन् । यस्तो अवस्थामा पनि समय अगावै काम सकिएको भन्दै वडाध्यक्ष बोधराज न्यौपानेले केसीको प्रशंशा पनि गरे ।
