२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/झापाको गौरादहमा एकजना दीर्घ रोगीमा कोरोना संक्रमण पुष्टि भएपछि आसपासको क्षेत्र सिल गरिएको छ । उपचारको क्रममा काठमण्डौ लगिएकोमा उनमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिका सिल गरिएको जनाईएको छ । नगरपालिकाको आधिकारीक फेसबुक पेजमा यस बिषयमा जानकारी गराईएको छ ।

नगरपालिकाले जारी गरेको सूचना यस्तो छ-

गौरादह नगरपालिका वडा नं. १ मा ६८ वर्षिय माहिला केहि दिन अगाडि काठमाण्डौ उपचार गर्न जानुभएको र उहाँको CORONA POSITIVE देखिएकोले अर्को सूचना नहुनेजेल सम्म चैतु चोक देखि दक्षिण गुरास चौक,पश्चिममा गेउरिया,पूर्वमा डिठ्ठा चोक सम्मका औषधी पसल बाहेक सबै व्यवसाय तथा पसलहरु बन्द गर्ने र नगरवासीलाई अति आवश्यक काम बाहेक आवतजावत नगरिदिनुहुन साथै घर भित्रै वसिदिनुहुन अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ।
गौरादह नगरपालिका