२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वानको हव बन्दै गएको छ । लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टबाट शुरु भएको क्लव खोलिने क्रम अहिले बढ्दै गएको छ । दमकमा अहिलेसम्म १८ वटा क्लवहरु खुलिसकेकाछन् । यहाँ अधिकाँश क्लवहरु सक्रिय रहेकाछन् ।

मंगलवार सबैभन्दा पुरानो क्लव माउण्ट एभरेष्टको नयाँ नेतृत्वको पदभार ग्रहण भएको छ । मनोजकुमार अग्रवालले दिनेश कुमार अग्रवाललाई अध्यक्षको कार्यभार सुम्पेकाछन् । सो अवसरमा बोल्दै लायन्स लिडरहरुले दमक लायन्स क्लवहरुको हव बनेको बताएका थिए ।

लायन्स लिडर बबरजंग थापा, अजय अग्रवाल, पिके क्षेत्री, प्रहर क्षेत्री लगायतले दमकमा लायन्स क्लवहरुको सक्रियता रहेको जनाउदै अझ सक्रिय रुपमा क्लवहरु लाग्ने बताए । केहि समययता लायन्स क्लवहरुले सामाजिक क्षेत्र दमकमा राम्रो पहिचान बनाउदै गएकाछन् ।

दमकमा लायन्सको नेतृत्व गर्वनर (DG)  मा जानका लागि पहल गरिनु पर्ने पनि बताइदै आएको छ । लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका पुर्व अध्यक्ष तथा डिस्ट्रिकको बिभिन्न जिम्मेवारी सम्हाल्दै आएका बबरजंग थापा र अजय अग्रवालको नाम पनि यहाँका क्लवहरुले अघि सार्दै आएकाछन् । दुबै जना लायन्स अभियानमा निरन्तर सक्रिय हुँदै आएकाछन् ।

यसैसाताबाट लायन्सको डिस्ट्रिकदेखि लिएर क्लवमा समेत यसैसाताबाट नयाँ नेतृत्व आएको छ । लायन्समा बर्षेनी नेतृत्व परिवर्तन हुने गर्छ । यसले क्लवमा लाग्नेहरुको क्षमता र ब्याक्तित्व विकासमा टेवा पुग्ने गरेको देखिएको छ ।