नेपालको पहिलो नीजि बैक, प्रविधि र स्मार्ट सेवा विस्तारमा पनि पहिलो बन्दै
दमक/ नबिल बैंकले आफुलाई समयसापेक्ष उपभोक्तालाई टेक्नलोजीसंग जोडनका लागि हेवावे टेक्नलोजीजसंग रणनीतिक साझेदारी शुरु गरेको छ । दुइ संस्थाबीच यसका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज नेपालकातर्फ बाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेकाछन् ।
हुवावे विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनी हो । यो समझदारीले नबिल बैंकको ग्राहक केन्द्रित लिडिङ डिजिटल बैंक बन्ने अठोट पुरा हुने विश्वास लिईएको बैकका कार्यकारी प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।
हुवावेको क्लाउड प्रविधि आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ ६ लगायतका सूचना प्रविधिमा सहयोग पुर्याउनेछ ।
हुवावे आफ्ना वित्तीय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हुवावे नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामार्फत बैंकलाई आफ्ना ग्राहकवर्गलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्न सशक्त बनाई दुई कम्पनी बीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताइन्छ ।
हुवावेले डेटामा आधरित सेवा, खुला बैंकिङ अवधारणा, एन्ड टु एन्ड डिजिटल कनेक्टिभिटी जस्ता उच्च प्राविधिक सेवाहरु मार्फत आफ्ना विश्वव्यापी ग्राहकहरुलाई सबलिकरण गरिरहेको छ ।
नविल बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो। यस बैंकको स्थापना वि. सं. २०४१ भएको हो । प्राईभेट भएता पनि यस बैंकले आफ्नो व्यावसाय नेपालभरि लगभग १५०० ठाउँमा विस्तार गरिसकेकाे छ र अझै आफ्नो व्यावसाय बढाउने क्रममा छ। यसको मुख्य उद्देश्य जनतालाई बैँकिंग सुबिधा पुर्याउनु हो। नबिल बैँक राष्ट्रको पहिलाे निजी बैँक हो जस्ले आफ्नाे व्यवसाय जुलाई सन् १९९४ मा स्थापना गरेकाे थियाे। नबिल बैँककाे मुख्यालय दरबारमार्ग काठमाडाैँ छ।

झापाको दमकमा १३ बर्ष अघि यसको शाखा खुलेको हो । अहिले शाखा प्रवन्धक राजन बस्नेत रहेकाछन् । हामी दमकमा सहज रुपमा ॠण उपलब्ध गराउनेमा सधै प्रतिबद्ध छौ, उनले भने । हामी ॠण लगानी गर्नेमात्र होइन आवश्यक परामर्श पनि उपलब्ध गराउछौ, उनले थपे ।
दमकमा लकडानउको समयम मारमा परेका ॠणीहरुलाई कुनै बन्देज नलगाई कारोबारमा सहजता ल्याएको र चौबीसैघण्टा एटिएम समेत खुला रहेको पनि बस्नेतले जनाए । हामीले नविल बैकका उपभोक्ता कसैलाई पनि लकडाउनमा निराश बनाएनौ, उनले भने ।
