झापा सहित देशभर सार्वजनिक यातायातका सवारी साधन चल्न दिने निर्णय
दमक/ सुरक्षा सावधानी अपनाएर सार्वजनिक यातायातका सवारी साधन सञ्चालन हुने दिने निर्णय सरकारले गरेको छ । यो संगै अब अन्तर जिल्ला बाहेक सम्बन्धित जिल्लामा छोटो दुरीका सार्वजनिक सवारी साधनहरु सञ्चालन हुन पाउने भएकाछन् । यसले गर्दा सार्वजनिक यातायातका सवारी सञ्चालकहरुलाई केहि राहत भए पनि मिल्नेछ ।
तत्काल बस नचलेपनि ट्याक्सिहरु शुरु हुनेछन् । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् भने सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने चालक र सहचालकले मास्क, भाइजर र पञ्जा लगाउनु पर्नेछ । पहिलाको भन्दा छण् प्रतिशत बढि भाडादर कायम गरिएको पनि बतार्ईएको छ ।। अब झापामा पनि सार्वजनिक सवारी साधन चल्न थाल्नेछन् ।
