दमकमा स्वतस्फूर्त खुले होटल तथा सैलुन, न्यूनतम सुरक्षा उपाय अपनाउन आवश्यक
दमक/ लकडाउन लम्बिदै गएपछि झापाको दमकमा स्वतस्फूर्त रुपमा होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेकाछन् । सैलुनहरु पनि सञ्चालनमा आएकाछन् । अधिकाँश ठाँउमा न्यूनतम स्वास्थ्य सावधानीको उपाय भने अपनाएको देखिदैन । मानिसहरुको आवतजावत बाक्लो रहेको पाईएको छ ।
सुरक्षा सावधानी र आवश्यक सतर्कता अपनाएर ब्यवसाय सञ्चालनका लागि स्थानीय सरकार तथा प्रशासनले अनौपचारिक रुपमा छुट दिएको थियो । यद्यपी अहिले पनि सरकारले होटल तथा सैलुनहरु बन्द नै गर्ने निर्णय गरेको छ ।
