२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नेपाल विरुद्ध र नेपालमा भइरहेका गतिविधिहरुलाई अतिरञ्जित रुपमा समचार बनाउदै आएका भारतीय समचारमूलक टिभि च्यानलहरु प्रशारण गर्न नेपालमा रोक लागेको छ ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानल बन्द गर्ने निर्णय गरेपछि यस प्रति आम दर्शकले खु्सि प्रकट गरेकाछन् ।

भारतीय च्यानलहरुमा नेपालबारे अफवाह फैलाउने गतिविधि भएको भन्दै तिब्र विरोध भएको थियो । यस बिषयमा सामाजिक सञ्जालमा दर्शकले आक्रोश पोख्न थालेपछि यस्ता च्यानलहरु बन्द भएकाछन् । भारतीय सबै च्यानल बन्द गर्न माग उठ्दै आएको छ ।

दुरदर्शन प्रसारणमा भने रोक लगाइएको छैन । यो भारतीय सरकार नियन्त्रित टिभि च्यानल हो । प्रधानमन्त्री र चीनिया राजदूतको बिषयमा गलत समचार बनाएर प्रशारण भएपछि यसले नेपालमा सबैको ध्यान केन्द्रित गरेको थियो ।