२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ केहि दिन अघि देखि निरन्तर परेको अबिरल बर्षाको कारण डुवाजमा परेका झापाका १ सय ५७ घरका ७ सयभन्दा बढिलाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको जनाईएको छ । आइतवार विहानैदेखि प्रहरीले बाढीको जोखिममा रहेकाहरुको उद्धार शुरु गरेको थियो ।

गौरीगंज गाँउपालिका होकलबारीको मिलनवस्ती र सालमारा लगायतका अन्य बिभिन्न स्थानहरुमा भएका ढुवान तथा डुवानको जोखिममा रहेका मानिसहरुको उद्दार एवं उनिहरुलाई सुरक्षित स्थानान्तरण लगायतको कार्यमा प्रहरी परिचालित भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णराज कोइरालाका अनुसार जिल्लाका सबै प्रहरी युनिटहरु अप्ठेरोमा परेकाहरुलाई उद्धार कार्यमा सक्रिय रहेकाछन् । बाढीको जोखिममा रहेका तथा बाढी कारण समस्यामा परेकाहरुलाई प्रहरीले थाहा पाउनसाथ सुरक्षित स्थलमा पुर्याउछ, कोइरालाले भने ।