तपाईलाई थाहा छ ? मानिसको मनले हरेक दिन ३० हजार देखि १ लाख सम्म विचारहरु उत्पन्न गर्दछ तर ५ प्रतिशतमात्र पुरा हुन्छ
आज हाम्रो मन चिन्तित हुन्छ किनकी हामी मनको विषयम जान्दैनौ ,हाम्रो आजको जीवनशौली यस्तो प्रकारको बनेको छ की मन कुन दिशामा चली रहेको छ ,यो महसूस गर्ने हामी सँग समय नै छैन् । हाम्रो मन निरन्तररुपमा सोची रहन्छ । मनोवैज्ञानिकहरुको भनाई अनुसार मनुष्यले यदि कम भन्दा कम गति म सोचे भने पनि उसको मनमा २५ देखि ३० विचार एक मिनटमा चल्छ भने जब हामी व्याकुल हुन्छौं तब हाम्रो मनमा ५० देखि ७० विचार एक मिनटमा चल्छ । र मनले हरेक दिन ३० हजार देखि १ लाख सम्म विचारहरु उत्पन्न गर्दछ । यति धेरै सोच , विचार र व्यस्ता हाम्रो मनको कारखानामा छ , जुन चाहि राम्रो कुरा हो । मानौं एक कारखानाको मालिक छ र उसको कारखानाबाट प्रत्येक दिन लाखौंको सामान उसले उत्पादन गर्छ र ति सबैं उत्पादन भएका सामानहरु ठूलो नाफा मूल्यमा बेचिन्छ जसले गर्दा त्यो मालिक अत्यन्तै खुसी ,व्यस्त र धनि पनि हुन्छ । तर हामी किन खुसी छैनो जबकी हाम्रो मनले यति धेरै सोच र विचारहरु उत्पन्न गर्छ । तर मन खुसी हुनको सट्टामा धेरै थकित महसुस गर्छ ।
लेखक- कल्पना विश्वकर्मा
मनमा नै विचार गर्ने क्षमता ,महसुस गर्ने क्षमता , इच्छा शक्ति , कल्पना गर्ने शक्ति हुन्छ । जब यि नै क्षमता र शक्तिहरुलाई मनिसले सम्झिन सकेनन् तब यिनका अधीन हुन पुगे । मनिसले भने –मन त चंचल घोडा हो जो अनेक दिशाहरुमा भागी रहन्छ् , मन त एक चंचल बच्चा जस्तो छ । जब मान्छेको मन वसमा नै भएन तब भने मनता बडो दुष्ट ,पापी , नीच छ । तर मनको एउटा अर्को पक्ष पनि छ मन बडो सुंदर छ । मनको क्षमता यदि बुझने हो भने , उसको वास्तविकातालाई थाहा पाँउने हो भने ,मनलाई यथार्थ दिशामा लगाउने हो भने यो मन लौकिक अथवा अलौकिक ठूलो भन्दा ठूलो प्राप्ति गर्न सक्छ । आज मनुष्य आफ्नो मनको ५ प्रतिशत क्षमताहरुको मात्र प्रयोग गर्छ भने , प्रखर बुद्धिमान व्यक्तिले आफ्नों मनको १५ प्रतिशत क्षमताहरुलाई प्रयोग गर्छ ,बाकी अरु क्षमताहरु व्यर्थ जान्छन् । त्यसको कारण के हो भने आज मनिसको मनको ऊर्जाको ठूलो हिस्सा व्यर्थ विचारहरु मै नष्ट हुन्छ ।
आज हाम्रो मन चिन्तित हुन्छ किनकी हामी मनको विषयम जान्दैनौ ,हाम्रो आजको जीवनशौली यस्तो प्रकारको बनेको छ की मन कुन दिशामा चली रहेको छ ,यो महसूस गर्ने हामी सँग समय नै छैन् । हाम्रो मन निरन्तररुपमा सोची रहन्छ । मनोवैज्ञानिकहरुको भनाई अनुसार मनुष्यले यदि कम भन्दा कम गति म सोचे भने पनि उसको मनमा २५ देखि ३० विचार एक मिनटमा चल्छ भने जब हामी व्याकुल हुन्छौं तब हाम्रो मनमा ५० देखि ७० विचार एक मिनटमा चल्छ । र मनले हरेक दिन ३० हजार देखि १ लाख सम्म विचारहरु उत्पन्न गर्दछ । यति धेरै सोच , विचार र व्यस्ता हाम्रो मनको कारखानामा छ , जुन चाहि राम्रो कुरा हो । मानौं एक कारखानाको मालिक छ र उसको कारखानाबाट प्रत्येक दिन लाखौंको सामान उसले उत्पादन गर्छ र ति सबैं उत्पादन भएका सामानहरु ठूलो नाफा मूल्यमा बेचिन्छ जसले गर्दा त्यो मालिक अत्यन्तै खुसी ,व्यस्त र धनि पनि हुन्छ । तर हामी किन खुसी छैनो जबकी हाम्रो मनले यति धेरै सोच र विचारहरु उत्पन्न गर्छ । तर मन खुसी हुनको सट्टामा धेरै थकित महसुस गर्छ । त्यसो हुदाँ एक दिनको विचारहरुलाई हैरीयो भने भ्टछौं हाम्रो भित्र चार प्रकारको विचार चल्छ – सकारात्मक विचार (Positive Thoughts) , नकारात्मक विचार (Negative Thoughts), आवश्यक विचार (Necessary Thoughts) र व्यर्थ विचार (Waste Thoughts) ।
सकारात्मक विचारहरु समर्थ संकल्पका हुन्छन् ,जसमा शुभ भावना र शुभकामना समायको हुन्छन् । जसले हामीलाई र अरुलाई शान्ति ,प्रेम , आनन्द ,शुद्धता र शाक्ति जस्ता हाम्रा मौलिक गुणहरुको अनुभव दिन्छ् ,भने हाम्रो भित्री शक्ति संकलन गर्न र रचनात्मक मनोवृत्ति राख्न सुसज्जित गर्न सक्षम गर्छ । सकारात्मक सोचाइमा समस्याहरु हेर्ने र यथार्थतालाई चिन्नु समावेश हुन्छ् तर एकचोटी अलमल नहुनु र शक्ति हीनताको भावना अनुभवन गरी समाधान खोज्न सक्षम हुनको लागि प्रायः धैर्यता , शान्ति र आध्यात्मिक बुद्धि÷ विवेक चाहिन्छ । सकारात्मक सोच्ने व्यक्ति अरुको कमजोरीहरु बारे सजग हुन्छ तर पनि आफ्नो ध्यान उसको सकारात्मक संस्कार वा व्यक्तित्व लक्षण तिर निर्देशित गर्दछ । जब हामी सँग आन्तरिक खुसी हुन्छ र सकारात्मक उर्जाले भरिन्छैं तब अन्य व्यक्तिहरुलाई स्वीकार गर्न सक्ने समर्थ हुन्छ ।
नकारात्मक विचार कुनै न कुनै कमजोर या विकृत मानसिकता , स्वार्थयुक्त खालको विचार हुन्छ जसले तपाईलाई न केवल हानि पु¥याउँछ तर अरुलाई पनि असर पार्दछ । हिन भावनको आधारमा विचारहरु चल्छन् यि विचार नेगेटिव अर्थात् नकारात्मक विचार हुन्छन् । नकारात्मक विचारहरु मुख्यतया पाँच दुर्गुणहरुमा आधारित हन्छन् – काम , क्रोध , लोभ , मोह , अहंकार । यस्ता विचारहरु असन्तुष्ट अपेक्षाहरु ,असहमति , आलस्य ,बदलको भावना ,जातिवाद , ईष्र्या , आलोचना , घृणा ईत्यदि बाट उत्पन्न हुन्छन् ।
आवश्यका विचार हाम्रो दिनचर्या सँग सम्बन्धित हुन्छ , जस्तै – आज त्यहाँ जानु छ , फलान सँग भेट्नु छ, यति कार्य गर्नु र गराउनु छ , यि विचारहरु हाम्रो दिमागमा, हाम्रो जिम्मेवारी र आवश्यकता अनुसार थप शरीरिक , भौतिक र व्यावसायिक स्तरमा आँउदछन् ।
व्यर्थ विचार चल्नुको कारण व्यर्थ दुख लिनु , बितेका घटानहरुको स्मृति आइ राख्नु – किन त्यसो भयो , यो ठीकभएन , यो हुनु हुदैन थियो इत्यदि सोचको प्रभावले मन भारी हुनु । यस्ता विचारहरु रचनात्मक, आवश्यका र फलदायक हुदैनन् । वर्तमानको बारे न सोचेर , बितेका कुराहरुमा मन केन्द्रित हुन्छन् जसबाट समय र शक्ति दुबै बर्बाद हुन्छ । विशेषज्ञहरुको विशलेषण अनुसार विश्वको मानिसको ८०प्रतिशत विचार भूतकालको घटनाहरु सँग सम्बन्धित हुन्छ भने ,१५प्रतिशत विचार हाम्रो भविष्यको योजनाको लागि हुन्छ । त्यसो हुदा हामी वर्तमानमा कति केन्द्रित हुदो रहेछौ त ? वर्तमान समय हाम्रो लाई बहुमूल्य सौगत हो , यसको भरपूर्ण सदुपयोग गर्नु पर्छ । भूतकालको घटनाहरुमा उलझीनु हुदैन किनभने वर्तमान समय मूल्यवान छ ,तर हामीले वर्तमानको मूल्य मात्र ५ प्रतिशत राख्यो जसबाट यो स्ष्ट हुन्छ , हामीले समय र विचारको सहि महत्व र सहि उपयोग गरेको रहेन रहेछौं । यदि मनमा व्यर्थ विचार चाल्छ भने सकारात्मक विचार रहन सकदैन् ।
जस प्रकार शरीरिक तंदरुस्तीको लागि हामीलाई शरीरिक व्यायामको आवश्यकता हुन्छ , त्यसैगरी मनलाई शाक्तिशाली बनाउनको लागि मनको एक्सरर्साइज हो सकारात्मक चिन्तन । आजको यस युगमा मनिसको मन नकारात्मकताको दिशामा छिटो र सहज ढंगले गई हाल छ । सारा दिन व्यक्तिको मनले नकारात्मक कुराहरुको सेवन गर्छ , जसले गर्दा मनलाई त्यस्तै सोच्ने अभ्यास हुन्छ जसले गर्दा सकारात्मक चिन्तन गर्नको लागि मेहनत लाग्छ । मनोबैज्ञानिकहरुका अनुसार हाम्रो ८५प्रतिशत चिंताहरु जीवनमा कहिल्यै वास्तविक हुदैनन् । मनलाई सकारात्म चिन्तन तर्फ लाई जान लाई शुद्ध र श्रेष्ठ विचारहरुको खुराक मनलाई अवश्य दिनुपर्छ ।
अब समयको यही माग छ जसरी व्यक्ति आफ्नों शरीरिक स्वास्थ्यलाई लिएर सचेत छ , त्यसैगरी मानसिक स्वास्थ्यलाई लिएर पनि अधिक सचेत रहनु र हुनु पर्न आवश्यक छ । किनभने पहिलेको समयमा यति साधन–सुविधाहरु थिएनन् , व्यक्तिको शारीरिक शक्तिको प्रयोग विशेष गर्नु पर्थियो त्यही भएर उसले शरीरिकरुपमा स्वस्था रहनु पर्ने आवश्यकता थियो । तर आजको यस आधुनिक युगमा मनिस सँग यति धेरै साधन–सुविधाहरु र भौतिक उपलब्धिहरु छन् कि अब कुनै पनि परिस्थितिहरु , समस्याहरु र चुनौतिहरु संसारमा व्यक्तिको सामु खाड छ र भविष्यमा आउने छ त्यसको सामन गर्नको लागि मनको शक्तिको प्रयोग अधिक गर्नु पर्ने हुनेछ । त्यस कारण मनलाई सकारात्मक चिन्तन साथै आत्मिक रुपबाट सशक्त बनाउनु आवश्यक छ । यसका लागि तीन मुख्य कुर महत्वपुर्ण छ –आध्यमित्क ज्ञानको पौष्टिक खुराक द्वारा मनलाई शक्तिशाली बनाउनु , सहि मेडिटेशन या ध्यानको अभ्यासले मनलाई आराम मिल्छ जसबाट मनमा ताजगीको संचार हुनुको साथै सकारात्मक कार्यको लागि हाम्रो दिमागलाई तयार पार्दछ , सकारात्मक चिन्तन द्वारा मनलाई व्यायाम हुन्छ जसबाट मनमा स्फुर्ति आउछ ।
अतः मनलाई सुख , शांति, आन्नद ,पे्रम र शक्तिले सशक्त बनाउनु छ भने हामीले सकारात्मक विचार रखनु पर्छ किनभने जस्तो विचार , त्यसतै व्यवहार हुन्छ । जब मनिसको मनमा नकारात्मक र व्यर्थ विचारहरुको प्रभाव बढछ तब उसको मन अशान्त ,जीवनमा असफलता र जीवन अस्तव्यस्त हुन्छ् । र जब हामीले मनमा सकारात्मक विचारका प्रभाव बढाछौं तब मन शान्त र प्रसन्न रहनुको साथै जीवनमा सहि सफलताको अनुभव गर्दछौ । त्यही भऐर भनिछ – मनुष्यको मन उसका परम मित्र हो भने ,त्यही मन उसको परम शत्रु पनि हो । यो निर्णय तपाई हामी माथि छ की हामी मनको गुलाम हुने हो या मनको मालिक भऐर सर्व प्राप्ति तिर आग्रसर हुने हो ।
