आम्दा अस्पताल दमकमा नयाँ मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश शर्मा
लोकप्रीय काम गरेर डा. नविन ढकालले सुप्पिए जिम्मेवारी
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकस्थित आम्दा अस्पतालमा मेडिकल सुपरीटेण्डेन्टको रुपमा डा. प्रकाश शर्माले आजबाट कार्यभार सम्हालेकाछन् । उनि यहाँ लामो समयदेखि कार्यरत रहदै आएका थिए । अस्पतालका निवर्तमान मेडिकल सुपरीटेण्डेन्ट डा. नविन ढकालले उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए ।
ढकालले आम्दा अस्पतालमा आइसियु निर्माण, दमक नगरपालिकाको नीति तथा कार्यक्रममा यहाँका लागि सुविधासम्पन्न सामुदायिक अस्पताल बनाउने योजनामा समावेश लगायतका महत्वपुर्ण कामहरु गरेका थिए । आम्दा अस्पतालको सेवा विस्तारदेखि लिएर दमकमा एउटा सामुदायिक स्तरको सेवा प्रदान गर्ने थलोको रुपमा विकास ढकालले गरेको बताईन्छ । यसमा डा.शर्माको पनि भूमिका रहेको थियो ।
झापा तथा दमकमामात्र नभएर मेची अञ्चलमा नै सबैभन्दा बढि प्रसुती सेवा प्रदान गर्ने अस्पतालको रुपमा आम्दा अस्पताल दमक रहेको छ । स्वास्थ्य सम्बन्धिको प्राविधिक बिषयहरु पनि यहाँ पढाई हुँदै आएको छ । च्यारिटी अस्पतालको रुपमा आम्दा अस्पताल दमकमा शुरु भएको थियो ।
आम्दा अस्पताल दमकमा सन् १९९२ मा स्थापना भएको थियो । भुटानी शरणार्थीहरु तथा स्थानीय प्रभावित क्षेत्रका बिरामीहरुलाई उपचार सेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको अस्पताल अहिले दमकको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास हुँदै गएको छ ।
एक बर्षमा कम्तिमा पनि ३९ हजारलाई यस अस्पतालले ओपिडि सेवा प्रदान गरेको बताईन्छ । पुर्वी पहाडि जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ देखि समेत यहाँ व्रिामीहरु उपचार गर्न आउने गरेकाछन् ।
