लुट न सम्म लुट दमकमा छ छुट ! अलकत्रामाथि चिसो गिटी लगाउन र साइडमा सडक विस्तार भन्दै नयाँ पीचमाथि गिटीबालुवा
मैले जे देखे त्यहि लेखे
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा सडक निर्माणमा चरम लापरवाही र मनपरी हुँदा पनि सरोकारवाला निकायहरु बेखबर जस्तै देखिएकाछन् । जसका कारण सडक बनेको महिना दिन बित्न नपाउदै बेहाल अवस्थामा पुगेकाछन् । राजनीतिक संरक्षण र आर्थिक सहयोगका कारण तै चुप मै चुपको अवस्था रहेको भन्ने चर्चा रहेको छ ।
दमकको हिमाबीदेखि ढुकुरपानीतिर जाने सडक निर्माणमा अलकत्रामाथि चिसो गिटी हालियो । ठेकेदारले यस्तो ले केहि फरक पर्दैन र मज्जाले समाउछ पछि आएर हेर्नुहोला भने । यसरी नै ठेकेदारले पीच गरे । सबैले हेरे र देखे तर कोहि बोलेन ।
फेरी अहिले अर्को चरमण लापरवाही भएको अवस्था देखिएको छ दमक ३ मा चक्रपथ निर्माणमा । सडकको किनार क्लियर गर्नुपर्ने र कालोपत्रे बाहिर पनि ग्राभेल हालेर सडक बिस्तार गर्नु पर्ने कोतरेर छाडिएको छ । नयाँ बनेको पीचमाथि गिटी र बालुवा पोखेर पीच नै बिगारिएको छ ।
यस बिषयमा कस्ले बोल्ने र ? स्थानीय एकले आक्रोश पोखे । जनप्रतिनिधिदेखि लिएर ठुला भनिएका सबै यो बाटोमा हिडेकाछन्, उनको आक्रोश रहेको थियो । सडक कोतरेर झन् बिगारेर छाड्दा पनि सरोकारवालाहरुको ध्यान नजानु बिडम्बना हो ।
होइन दमकमा जे गर्न पनि छुट छ ? प्रश्न उब्जेको छ । कहिले पानी चुहिदै गरेको गिटी हालेर सडक पीच गरिन्छ । कहिले सडक विस्तार भन्दै सडकको दूइ किनार कोतरेर नयाँ बनेको पीचमाथि गिटी र बालुवा छरिन्छ तर कोहि बोल्दैनन् । होइन अनुगमन गर्ने र आफ्नो ठाँउमा भएको विकास बजेट दुरुपयोग हुँदा किन तै चुप मै चुप ?
दमकमा ठेकेदारको यो हद ! सडक कार्यलय के हेर्छ ? मनपरी गर्न छुट हो ? नया कालो पत्र माथी गिटि र बालुवा । साइडमा बाटो बनाएको रे । लु हेर्नु त
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Thursday, 16 July 2020
