अपराध गरेर कोहि लुकेर वा भागेर बच्न सक्दैन, जहि र जहिले भएपनि प्रहरीले छाड्दैन-कृष्णराज कोइराला
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना संक्रमण विरुद्ध सिममा शर्तकता अपनाएर, लागुऔषध तथा सुर्तीजन्य पदार्थ नियण्त्रणमा प्रभावकारी रुपमा काम गर्न शुरु गरेको झापा प्रहरीले पछिल्लो पटक अर्को एउटा काम गरेको छ जसले अहिले चर्चा पाएको छ ।
करिब डेढ दशक अघिको अपराधको फायल खुलेको छ र त्यसमा संलग्न अभियुक्त पक्राउ परेकाछन् । मेचीनगर नगरपालिका– ५ बस्ने ४१ वर्षीय बौदल लामगाधे वि.क. भन्ने पुण्यप्रसाद विश्वकर्मा अपराध भएको १४ बर्षपछि पक्राउ परे । उनले नसोधि साइकल लगेको निउमा कुटपीट गरेर एक ब्याक्तिको हत्या गरेको किटानी जाहेरी १४ बर्ष अघि परेको थियो ।
२०६३ साल चैत २४ गते जिल्लाको साबिक टानघडुब्बा गाविस वडा नम्बर ९ हाल झापा गाउँपालिका वडा नम्बर ३ स्थित नन्दलाल विश्वकर्माको घरमा झगडा भएको थियो । झगडापछि कुटपीटमा ३५ वर्षीय नत्थु विश्वकर्मा गम्भिर घाइते बने । रक्सीको नशाले मातेका पुण्यप्रसादले नत्थुलाई कुटपिट गरेका थिए । गम्भिर घाइते नत्थुको भोलिपल्ट उपचारको क्रममा मृत्यु भएको थियो ।
असार ३० गते अभियुक्त पक्राउ परेकाछन् । १४ वर्षदेखि फरार रहेका पुण्यप्रसादलाई मेचीनगर ८ स्थित इट्टा भट्टा चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं एसपी कृष्णराज कोइरालाले जनाए । प्रहरीमा उजुरी दिएका मृतकका ससुराको मृत्यु भइसकेको छ ।
अपराधको फायल बन्द भएको हुँदैन र प्रहरीले सधै अपराधिलाई खोजिरहेकै हुन्छ, कोइरालाले भने । अपराधकर्म गर्ने ब्याक्ति केहि समय लुकेर वा भागेर बस्न सक्ला तर सधै यो सम्भव छैन, उनको भनाई रहेको छ । हामी अपराधि जो सुकैहोस र घटना जहिले सुकैकोहोस त्यस बिषयमा गम्भिर अनुसन्धानमा रहेका हुन्छौ, एसपी कोइराला भन्छन् ।
प्रहरीले घटनाबारे तयार पारेको प्रेस नोट यस्तो छ
मुद्धा शीर्षक:-कुटपिट गरी कर्तव्य ज्यान
बारदात मिति :-२०६३।१२।२४ गते ।
मृतक:-नत्थु बि.क
जाहेरवाला:-राम बहादुर बि.क
प्रतिवादी :- बौदल लामगाधे बि.क भन्ने पुण्य प्रसाद बिश्वकर्मा
पक्राउ मिति :-२०७७।०३।३०गते ।
छोटकरी टिपोट:-
मिति २०६३।१२।२४ गते अं. २०;०० बजेको समयमा जिल्ला झापा साविक टागनडुब्बा गा.वि.स वडा नं. ९ हाल टागनडुब्बा गाउँपालिका वडा नं. ३ स्थितमा रहेको नन्दुलाल विश्वकर्माको घरमा निज नन्दुलाल विश्वकर्माको जेठो ज्चाईँ जिल्ला झापा साविक मेचिनगर नगरपालिका वडा नं.-८ हाल ऐ.ऐ वडा नं.-५ बस्ने वारदातका बखत बर्ष अं. २७ को बौदल लामगाधे बि.क भन्ने पुण्य प्रसाद विश्वकर्माले ऐ.ऐ टागनडुब्बा गा.वि.स वडा नं. ९ बस्ने बर्ष ३५ को नत्थु विश्वकर्माको साईकल सोही दिन दिउसोको समयमा कामाटोलि बजारबाट नसोधि ल्याएको बिषयमा नत्थु वि.क आफ्नो साईकल लिन भनि प्रतिवादीको ससुरालि घर गएको बेला रक्सीको नशाले मातेका बौदल लामगाधे बि.क भन्ने पुण्य प्रसाद बि.क ले कुटपिट गर्दा नत्थु बि.क घाईते भई निजलाई उपचारको लागि विराटनगर स्थित विराट नर्सिङ होम लगिएकोमा उपचारको क्रममा मिति २०६३।१२।२५ गते अं. १५;०० बजे प्रतिवादीले कुटेको चोटका कारण मृत्यु भएको । वारदात पश्चात फरार रहेका प्रतिवादी बौदल लामगाधे बि.क भन्ने पुण्य प्रसाद विश्वकर्मा उपर मृतकका ससुरा राम बहादुर बि.क ले कुटपिट गरी कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएको ।सो वारदात पश्चात लामो समय फरार रहेका प्रतिवादीको नाममा सम्मानित झापा जिल्ला अदालतबाट मिति २०७७।०१।३० गते पक्राउ अनुमति लिई खोजि कार्य तिव्र गरीएकोमा निजलाई जिल्ला प्रहरी कार्यालय झापा एवं ई.प्र.का काँकडभिट्टा को संयुक्त टोलिले मिति २०७७।०३।३० गते जिल्ला झापा मेचिनगर न.पा वडा नं. ८ स्थित ईटाभट्टा चौकमा लुकिछिपि बसि रहेको अवश्थामा फेला पारी पक्राउ गर्न सफल भयो। सो पश्चात निज प्रतिवादीलाई घटनास्थलका प्रत्यक्षदर्सी समेत रहेका मृतकका साला केशव वि.क , निज सँग वारदात भन्दा अगाडी सँगै काम गर्ने निजकै साथि र निजलाई चिन्ने अन्य मानिस समेतले निज हाल पक्राउ हुन आएका व्यक्तिले नै नत्थु बि.क लाई मिति २०६३।१२।२४ गते अं. २०;०० बजेको समयमा कुटपिट गरी घाईते बनाई कर्तव्य गरी मारेका हुन भनि सनाखत समेत गरिदएको लगायत,किटानि जाहेरी ,घटनास्थल मुचुल्का ,मृतकको लाश जाँच मुचुल्का बुझ्नु पर्ने मानिसहरुको घटना विवरण कागज लगायतका प्रमाणका आधारमा मिति २०७७।०३।३१ गते सम्मानित झापा जिल्ला अदालतबाट पहिलो पटक ७(सात) दिनको म्याद थप गरी हाल अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।
सूचना अधिकारी
प्र .ना.उ राकेश थापा
जि.प्र.का झापा
मो.न. ९८५२६९०२३२
