दमकबाट कोरोना जांचका लागि पठाईएका ६५ जनाको रिर्पोट नेगेटिभ
दमक/ झापाको दमकको क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर रिर्पोट नेगगेटिभ आएको छ । बुधबार पिसिआर संकलन गरेर लगिएका ६५ जनाको रिर्पोट नेगेटिभ आएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताएकीछन् ।
दमकको महिला तथा पुरुष क्वारेन्टाइनमा रहेका र होम क्वारेन्टाइनमा बसेकाहरु पिसिरआ जाँचका लागि पठाईएको थियो । अधिकाँश विदेशबाट आएकाहरु रहेकाछन् ।
शनिवार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ। गत २४ घण्टामा मात्र ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
