दमकमा अबको काँग्रेस सभापति को ? आधा दर्जन युवाहरु लबिङमा
दमक/ झापाको दमकमा नेपाली काँग्रेसको आन्तरिक चुनावी चहलपहल शुरु भएको छ । नगर सभापतिको लागि समुह निर्माण गरेर आफु अनुकल अवस्था सिर्जना गर्न नेता देखि कार्यकर्ताहरुसम्म लागि परेकाछन् । काँग्रेसको स्थानीय तथा क्षेत्रगत, जिल्ला, प्रदेश निर्वाचनपछि महाअघिवेसनको तयारीको रुपमा बहस शुरु भएको छ ।
दमकमा संविधानसभा निर्वाचनमा दमकमा एउटा पनि सदस्य नजितेपछि काँग्रेसले त्यसपछि समुदायस्तरमा भएका चुनावहरुमा राम्रो उपस्थिति जनाएको छ । यसर्थ आँउदो चुनावमा ३ बर्ष अघि भएको स्थानीय सरकारको निर्वाचनमा हारको बदला लिनेगरी काँग्रेसले नेतृत्व चुन्ने भन्न थालिएको छ ।
दमकमा युवापुस्ता बीच नै सभापतिमा प्रतिस्पर्धा हुने देखिएको छ । वर्तमान सभापति रोशन बिष्ट दोर्याउने चर्चा पनि छ । उनि बिद्यार्थी संघको झापा अध्यक्ष रहेकै अवस्थामा दमकमा नगर सभापतिमा जिम्मेवारी पाएकाहुन् । उनले दोर्याउने सम्भावाना रहेको बताइन्छ ।
अर्का दमकका परिचित युवा प्रकाश प्रशाई पनि सभापतिका दर्बिला उम्मेदवार हुन् । अहिलेका सचिब प्रशाइले आफु नगर सभापतिको उम्मेदवारको रुपमा आफुलाई उभ्याउने संकेत आफु निकटस्थहरुलाई गराएकाछन् । दमक उद्योग बाणिज्य संघमा रहेर आफ्नो नाम र कामलाई उचाइमा पुर्याएका उनि राजनीतिमा प्रवेस गर्दै दमकमा उनको चर्चा शुरु भएको थियो ।
यता दमकमा सामाजिक अभियान्ताको रुपमा चिनिएका र सहकारी तथा धार्मिक क्षेत्रमा समेत चिनिएका प्रेम भट्ट्राईको नाम पनि सभापतिा चर्चामा रहेको पाईएको छ । भट्टराईको उम्मेदवार रहने बिषयमा कार्यकर्ताहरुमाफ समेत चर्चा शुरु भएको छ ।
अर्का युवा नेता पर्शुराम रिजाल पनि उम्मेदवारको रुपमा आउन सक्ने बताईन्छ । उनले काँग्रेसलाई एकताबद्ध बनाउनका लागि आवश्यकता परेको अवस्थामा उम्मेदवारी दिने आफु निकटस्थहरुलाई बताउदै आएकाछन् । उनको पनि सभापतिको सम्भावाना रहेको बताइन्छ ।
यसैगरी राजकुमार गौतमले पनि प्रमुख दाबेदारी प्रस्तुत गर्ने आफु निकटस्थहरुलाई बताउदै आएको जनाइन्छ । केहि समय अघि रबि केसीको समेत नाम चर्चामा रहेको थियो । यद्यपी अहिले उनको नाम चर्चामा रहेको छैन । श्याम आचार्यले भने आफु पनि सभापतिको उम्मेदवार हुन सक्ने बताउने गरेकाछन् । अन्य आँकाक्षीहरु पनि विस्तारै माहोलमा आउन सक्ने बताइन्छ ।
