२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १० महिना अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/  दमकमा विकासका कामले गति लिएको छ । सडकहरु धमाधम कालोपत्रे हुँदैछ । यसैमा नाँक फुलाएर बस्दा अहिले सडकहरु गुणस्तरहिन बन्ने र महिना बित्न नपाउदै भत्कन थालेको छ ।

पुर्वधार विकास कार्यालय मार्फत बनेको दमकको हिमावि देखि मधुमल्ला जोड्ने सडकको बेहाल रहेको छ । असार मसान्त अघि काम सक्नका लागि भएको सडक पीच अहिले भत्केर टालटुल गरिदैछ ।

यहि सडक हो जहाँ प्रभावकारी न्यूजले अलाकत्रामाथि चिसो गिटी हालेको भिडियो हालेको थियो । तोकिएभन्दा ठुला गिटीहरु प्रयोग गरेको जस्ताको त्यस्तै भिडियो हालेको थियो । त्यहाँ सरकारी इन्जिनियर पनि रहेका थिए । उनि टुलुटुलु हेरेका थिए ।

आज त्यहि सडक महिना दिन बित्न नपाउदै भत्किन थालेको छ । बीचबीचमा भत्केपछि टालटुल पनि उसरी नै गरिदैछ । एकैक्षण देखाउन जसरी नै । यो देखर स्थानीय पनि छक्क परेकाछन् । बुटुकामा अलकत्रा ल्याए जसरी भत्केको ठाँउमा हालेर गिटी हालेर छाडेको पाईएको छ ।

हिमावी देखि आमचोक सम्मको अवस्था नै उस्तै देखिएको छ । सडक निर्माण सकिएपछि त्यहाँ रहेको गिटी तथा बालुवा हटाउनु पर्नेमा यस्तो बर्षादमा त्यो समेत हटाईएको छैन । असरल्ल गिटी र बालुवा बनिसकेको भनिएको सडकमा नै रहेको छ ।

दमको चक्रपथको अवस्था पनि उस्तै रहेको छ । आखिर राज्यको यति ठुलो बजेटमा स्थानीयहरुको चासो खोई ? जनप्रतिनिधि तथा सरोकारवालाहरुको चासो खोई ? यस्तो कार्य रोक्न र यस्तो कार्य सच्याउन कहि कतैबाट सम्बन्धित निकायमा पत्र गयो त ? यस बिषयमा बुझ्दा कति कतैबाट पत्र गएको छैन ।

दमकमा ठेकदारको मनपरी, बनिनसक्दै भत्किदै हिमावि मधुमल्ला सडक , अनि टालटुल

दमकमा ठेकदारको मनपरी, बनिनसक्दै भत्किदै हिमावि मधुमल्ला सडक , अनि टालटुल

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Wednesday, 22 July 2020

दमक हिमाबी मधुमल्ला जोड्ने सडकको कामको अनुगमन । चिसो गिट्टी अलकत्रा माथी । यस्तो भेटियो काम । प्रभाबकारी न्युज छडके ।

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Sunday, 21 June 2020