कोरोनापछि ब्यूतिदै दमक, चहलपहल मनग्यै शुरु
विष्णुप्रसाद पोखरेल
दमक/ हाम्रो देश नेपालमात्र होइन विश्व नै अस्तब्यस्त बनाएको कोरोना संक्रमणको भय अहिले पनि टरेको छैन । त्रास र जोखिम कायमै रहेको छ । यद्यपी पहिलाभन्दा संक्रमण घटेको र जोखिम कम भएको आँकलन गरिएको छ । संख्यामा कोरोना संक्रमितभन्दा निको भएर घर फर्कनेको संख्या बढि रहेको छ ।
चार महिना लामो लक डाउन समाप्त भएको छ । लकडाउनको काम पालना भएको दमक तथा झापा पनि सहज बन्दैछ । जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ । दमकमा बन्द नै रहेका होटल लगायतका अन्य ब्यवसायहरु शुचारु हुन थालेकाछन् । दमक ब्यूतिन शुरु गरेको छ ।
बजार तथा ग्रामिण क्षेत्रमा चहलपहल मनग्यै शुरु भएको छ । बन्दाबन्दिको लामो समयले हिडडुल नगरेकाहरु पनि अब बाहिर निस्कन थालेकाछन् । ब्यापार ब्यवसाय पनि पहिलाजस्तो नभए पनि सामान्य अवस्था चल्न थालेको ब्यवसायीहरुले बताएकाछन् ।
सार्वजनिक यातायातका सवारी साधनहरु पनि चल्न थालेकाछन् । बढो मुश्किलका साथ आफुहरुले ब्यवसाय शुरु गरेको उनिहरुले बताएकाछन् । खाद्यन्न, औषधि, तरकारी लगायतका ब्यवसायीहरुलाई भने खास असर केहि भएन र अहिले पनि छैन ।
