२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापा दमकका सामाजिक तथा ब्यवसायीक क्षेत्रमा चिनिएका नविन  श्रेष्ठले रोटरी डिस्ट्रिककोे एशोशिएट गर्वनरको जिम्मेवारी पाएकाछन् । नेपाल भुटान डिस्ट्रिक ३२९२ जोज २९ को सन् २०२० २१ को एशोसिएट गर्वनरको जिम्मेवारी पाएकाहुन् । उनि रोटरी क्लव अफ दमकको पुर्व अध्यक्ष हुन् ।

पुर्वी नेपालका रोटरी क्लवहरुसंग उनले समन्वयकारी भूमिका खेल्ने जिम्मेवारी उनमा रहेको छ । रोटरी क्लव अफ दमकका निवर्तमान अध्यक्ष सन्दिप चापागाईका अनुसार क्लवका लागि यो महत्वपुर्ण उपलब्धि र अवसर हो ।

श्रेष्ठले यो जिम्मेवारी प्रदान गरेकोमा डिजि टिमप्रति आभार प्रकट गरेकाछन् । सबैको साथ र विश्वासले यो अवसर पाएको जनाउदै यसलाई नभुल्ने पनि उनले बताए । रोटरी डिस्ट्रिक तथा क्लवहरुले मानवीय र सामाजिक सेवामा काम गर्दै आएकाछन् ।