झापामा पहिलो पटक समुदायमा कोरोना संक्रमणको त्रास, १८ शशस्त्र प्रहरी सहित २५ जनामा कोरोना संक्रमण पुष्टि
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा पहिलो पटक समुदायमा कोरोना संक्रमण फैलिएको आंशका बढेको छ । सिमावर्ती नगर मेचीनगरमा सिमामा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि यो आंशका बढेको हो ।शस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएसंगै समुदायमा कोरोना संक्रमण फैलिएको त्रास शुरु भएको छ ।
कोरोना संक्रमण भेटिएपछि उक्त शशस्त्र क्याम्पलाई सिल गरिएको जनाईएको छ । ड्युटीमा रहेका प्रहरीहरुमा कोरोना संक्रमण देखिएको छ र समुदायमा कोरोना संक्रमण फैलिएको हुनसक्छ, नगरपालिकाको स्वास्थ्य शाखाको भनाई रहेको छ ।
तत्कालका लागि काकरभिट्टा क्षेत्र सिल गरेर कन्ट्याक ट्रेसिङको लागि तयारी भइरहेको पनि बताईएको छ । झापामा आजमात्र २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३ सय ४५ पुगेको छ ।
यसभन्दा अघि झापामा कोरोना संक्रमण पुष्टि भएका अधिकाँश क्वारेन्टाइनहरुमा रहेकाहरु रहेका थिए । यसले गर्दा समुदायमा कोरोना संक्रमणको त्रासमा कमी रहेको थियो । घट्दो दरमा देखिएको कोरोना संक्रमण झापामा एकैसाथ २५ देखिएपछि शतर्क हुन आवश्यक देखिएको छ ।
