चेम्बर अफ कमर्स दमकको अध्यक्षमा राजेन्द्र ढकाल सर्वसम्मत
दमक/ झापाको दमकमा नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल चेम्बर अफ कमर्सको शाखाको तदर्थ समिति बनेको छ । समितिको संयोजकत्वमा दमकका पुराना ब्यवसायी एवं सामाजिक अगुवा राजेन्द्र ढकाल अध्यक्ष बनेकाछन् । उनले ब्यवसायीका हितका लागि काम गर्ने बताए ।
चेम्बर अफ कमर्सको इतिहास नेपालमा पुरानो रहेको र झापामा पनि अहिले यसको शाखाहरु विस्तार हुदै आएको बताईन्छ । दमकमा ब्यवसायीको हक हित संरक्षण तथा प्रवद्र्धनका लागि अब चेम्बर अफ कमर्स सक्रिय रहन आवश्यक रहेकाले यो गठन भएको दमकका अगुवा ब्यवसायी अजय अग्रवालले बताए ।
नेपाल चेम्बर अफ कमर्स नेपालका व्यापारिक उद्यमीहरूको पुरानो सङ्गठन हो । २००९ सालमा स्थापना भएको निजी क्षेत्रको पुरानो संगठन अहिले आफ्नो शाखा विस्तारमा सक्रिय रहदै आएको छ ।
