२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ अरु समय र आन्दोलनको भन्दा फरक माग । प्लेकार्ड पनि फरक । सहभागिको उमेर र अनुहार पनि राजनीतिक आन्दोलनमा देखिएका भन्दा निक्कै फरक । समाजमा पछिल्लो समयमा देखिएका विकृती तथा महिलामाथिको अन्याय विरुद्ध दमक चोकमा शनिवारको प्रर्दशन ।

केहि किशोरीहरुको अनुहार हेर्दा निक्कै भावुक बनाउने खालको थियो । अनुहारमा पोतिएको एसिडको झल्को दिने दृश्यले जो कोहिलाई पनि स्तब्ध बनाउथ्यो । बारम्बार किशोरी तथा युवतीहरुमाथि भएको एसिड आक्रमण बिरुद्धको सिम्बोलिक विरोध साच्चै मर्मस्पर्शी लाग्थ्यो ।

एक किशोरीले मेरो ढाड मेरो अधिकार लेखेको देखेर यसलाई पनि धेरैले अनौठो मानेर हेरे । कतिका क्यामेरा र मोवायल त्यतै सोजिए । उनले पोशाक लगाएको भरमा महिलालाई गर्ने हिंसा विरुद्ध निक्कै साहसिक र बिचलित नभइ आफ्नो भनाइ राखिरहेकी थिइन् ।

न्यालयमाथिको भरोसाको बिषयमा पनि त्यहाँ कुरा उठ्यो । प्लेकार्ड बोकेर किशोरी किशोरी देखि लिएर दमकका महिला अधिकारकर्मीहरु पनि उभिएका थिए । श्रीमतिको हत्यारा प्रहरीका एक पुर्व बरिष्ठ अधिकारीलाई अदालतको आदेशमा छाडिएपछि आक्रोश त्यहाँ छल्किएको थियो ।

दमकको मुख्य गणतन्त्र चोकमा भएको प्रर्दशन निक्कै शान्तिपुर्ण थियो । कुनै नाराबाजि थिएन । स्वतस्फूर्त भेला थियो । करिब आधाघण्टा एकै ठाँउमा सामाजिक दुरी कायम राखेर प्रर्दशनकारीहरु उभिए । त्यसपछि आ-आफ्नो बाटो लागे । आन्दोलनलाई देख्ने र नजिककाले साथ दिए ।

यो सरकार विरुद्ध र समाज विरुद्धको खबरदारी थियो । सचेत युवा वर्गको खबरदारी देखिन्थ्यो । के सुन्ला त सरकारले ? सुन्नुपर्छ र देख्नुपर्छ । आन्दोलन गर्ने काइदा र तरिका पनि राजनीतिक दल तथा भातृ संगठनहरुले यसबाट सिक्नु पर्दछ ।

दमकमा न्याय खोज्दै गणतन्त्र चोकमा…

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Saturday, 25 July 2020