२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा बोइलर कुखुराको मासुमा प्रतिकेजी ४० प्रतिशतभन्दा बढि मूल्य लिएर बिक्री गर्ने गरेको पाईएको छ । लकडाउनमा कुुखुराको अभाव भएको भन्दै ब्यवसायीले आफु खुसि ४ सय ५० सम्म लिएर कुुखराको मासु बेच्दै आएकामा पछिल्लो सहज समय हुँदै जाँदा पनि ४ सय रुपिया विक्री गर्ने गरेको पाईएको छ ।

दमक नगरपालिकाको स्वामित्वमा रहेको मासुको कारोबार हुने कवलहरुमा समेत ब्यवसायीले आफुखुसि मूल्य बढाएर मासु विक्री गर्दै आएको पाईएको छ । यहाँ अहिले पनि कुखुराको मासु ४ सय २५ रुपिया भन्दै आएकाछन् । लकडाउन अघि २ सय ८० रुपिया प्रतिकेजी बोइलर कुखुराको मासु पाइदै आएको थियो ।

दमक नगरपालिकाले दैनिक उपभोग्य सामाग्रि तथा माछामासुको मूल्य निर्धारण समिति बनाएको छ । स्थानीय उपभोक्ता ऐनमा उक्त समितिको सिफारीसमा मात्र मूल्य बढाउन पाइन्छ । तर यहाँ ब्यापारी आफैले मूल्य बढाएर उपभोक्तालाई ठगी गर्दै आएको भेटिएको छ । मूल्यमा पनि एक रुपता छैन ।

कुखुराको मूल्य २ सय ८० बाट ४ सय २५ मा विक्री भइरहेको छ । खसिको मूल्य असार मसान्तदेखि नै ब्यवसायी आफैले बढाएकाछन् । ८ सय देखि ८ सय ५० रुपिया प्रतिकेजीको खसिको मूल्य असार मसान्तपछि ९ सय रुपिया भनेर टाँस गरिएको छ । मूल्य कस्ले बढायो ? ब्यपारीको सहजै जवाफ छ, हामीले बढाएको हो ।

लुटन सम्म लुट कोरानाको बहानामा छुट ! दमकमा मासुको आफुखुसी मुल्य । खोइ अनुगमन ?

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 27 July 2020