कोभिडका कारण समस्यामा परेकालाई सहयोग गर्न हात नकमाऔ, जे सक्छौ त्यो सहयोग गरौ-रेवत कार्की
दमक/ लायन्स क्लव अफ इन्टरनेशनले ३२५ ए वानका प्रथम डिस्ट्रिक गर्वनर रेवतबहादुर कार्कीले लायन्स क्लव तथा लायन्सकर्मी भन्ने बित्तिकै जस्तोसुकै अवस्थामा पनि सेवामा समर्पित संस्था वा ब्याक्ति हो भन्ने समाजमा हुने गरी काम गर्नु पर्ने बताएकाछन् । उनले पछिल्लो समयमा यसरी नै काम भइरहेको पनि जनाएकाछन् ।
बुधबार संगम स्विट्ुमा भएको क्लवहरुको बार्षिको कार्ययोजना तथा क्लवका पदाधिकारीहरुको स्कुलिङ कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएकाहुन् । उनले जटिल परिस्थितिमा आफु रोगको संक्रमणबाट बच्दै सेवाका कामहरुलाई निरन्तरता दिनका लागि निर्देशन दिए । अप्ठेरो परेका र अप्ठेरो अवस्थामा पनि जे सकिन्छ त्यो सहयोग गर्नु लायन्सकर्मीहरुको दायित्व हो, उनको भनाई थियो ।
लायन्सले कोभिडको यो अवस्थामा रक्तदान, भोकाहरुका लागि खाद्यन्न बैक, कपडा लगाउन नपुग्नेहरुका लागि क्लोथ बैक, कापी नपाएर पढ्ुन बक्ञ्चितहरुका लागि कापी बैंक, बिभिन्न कारण जलेर छाला नपाएर पीडा सहनु पर्नेहरुका लागि छाला उपलब्ध गराउन छाला बैंक, रगतको अभावले कोहि अकालमा नमरोस भनेर ब्लड बैंक स्थापना लगायतका कार्यहरु गरिरहेको भन्दै यो सफल बनाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
रिजन चियर पर्सन बिमल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उनको रिजनका क्लवहरुले बार्षि कार्ययोजना पेश गरेका थिए । जोन चियर पर्सन मनोज अग्रवाल र आनन्द कार्कीलाई क्लवहरुले बार्षिक गर्ने कार्यक्रमको खाका बुझाएका थिए ।
लायन्स लिडरहरु बबरजंग थापा, अजय अग्रवाल, कोमल शाक्य, पवन अधिकारी लगायतले शुभकामना मन्तब्य सहित आफ्नो प्रतिबद्धताहरु राखेका थिए ।
