२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक नजिकै कमल गाँउपालिका ६ मा रहेको शसस्त्र जवान शिक्षालय अर्थात पुरानो शसस्त्र प्रहरी पाथिभरा गणमा ३ जना शशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । केहि दिन अघि इलामबाट तालिम लिन आएका ४ जनामध्ये पिसिआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विहिबार झापामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ३ जना शशस्त्र प्रहरी रहेको बताईएको छ । १ जना दमककी एक महिला रहेकीछन् । कोरोना संक्रमण पुष्टि भएका प्रहरीहरु निगरानी तथा सेल्फ क्वारेन्टाइनमा रहेको पनि बताईएको छ । यद्यपी उनिहरुको सम्पर्क भएकाहरुको पहिचान पनि गर्न शुरु गरिएको जनाईएको छ ।

यसअघि सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका २० जवान संक्रमित भइसकेको छ । बिहिवारका चारसहित झापामा संक्रमितको संख्या ३ सय ५५ पुगेको छ । झापामा पछिल्लो समयमा समुदायमा कोरोना संक्रमण भएको आंशका गरिन थालेको छ ।