दमकमा कोरोना संक्रमितको संख्या १२, निको भएर घर फर्किए १० जना
दमक/ झापामा अहिलेसम्म १२ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाले जनाएको छ । विहिबार साँझ एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले यस्तो जनाएको हो ।
यसमा १० जना निको भएर घर फर्किसकेकाछन् । दमकमा बिज्ञान पार्कमा ९ जना र मानसरोवर कलेजमा ३४ जना गरेर ४२ जना क्वारेन्टाइनमा रहेकाछन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।
