दमकमा बैकहरुको चरम बदमासी ! अनुहार हेरेर ब्यवसायीहरुलार्ई ब्याज निर्धारण र तोकिएभन्दा बढि ब्याज असुल पनि
विष्णुप्रसाद पोखरेल
दमक/ दमककका बैकहरुबाट तपाईले ॠण लिनु भएको छ र उसले जति भन्यो त्यति ब्याज तथा बिभिन्न बहानमा शुल्क काट्दैछ भने एकपटक तपाईले ध्यान दिएर हेर्नुहोस है, किनकी तपाईलाई बैकले ठगी रहेको हुनसक्छ । पछिल्ला समयमा केहि ब्यवसायीहरुलाई बैकले ठगेको र गएर बैकमा कुर्सि ठोकेपछि सिस्टमले झुक्किएर गरेको भन्ने सम्मका कार्य गरेको प्रभावकारी न्यूजसंग प्रमाणहरु फेला परेकाछन् ।
एकसाताको अवधिमा बैकले ॠणिलाई पठाएको ब्याजदर समेत अनुहार हेरेर फरकफरक रुपमा लिने गरेको पनि पाईएको छ । एकै प्रकृतीको फर्म तथा ब्यवसायमा फरक ब्याजदर गर्ने गरेको भेटिएको छ । त्यति मात्र होइन बिभिन्न वहानमा काटिएको रकम कतिपय ब्यवसायिलाई फिर्ता गरेको भेटिएको छ ।
जसले बैकले जति भन्यो त्यति तिर्नेहरु ठगिएको हुनसक्छ । पछिल्लो समय दमकमा एनआइसि र सिद्धार्थ बैकको बिषयमा धेरै नै गुनासो आउन थालेको भेटिएको छ । केहि ब्यापारीका गुनासो र बैकले गरेको कमजोरीहरु प्रभावकारी न्यूजलाई प्राप्त भएको छ । अन्य बैकहरुले पनि अहिले ब्यवसायीलाई तनाव हुने गरी ब्याजदर बढाएको र कम्लेन तथा अर्को बैक सर्ने चेतावनी दिएपछि भने त्यस्तो ब्याजदर घटाउन थालेको पाईएको छ ।
बैक सर्दैछु र मलाई दुख दिएको सबै अडियो तथा भिडियो रेकर्ड तयार पारेको छु, एक ब्यवसायीले भने । मैले बैकबाट धेरै नै दुख पाएको छु, एकदिनमा हुने काममा कति दुख दिएको छ त्यो प्रमाण म उपलब्ध गराउछ्ु, दमकका एक प्रतिष्ठित ब्यवसायीले भने । दुइसाता अघिदेखि उनले बैक स्विप गर्नका लागि गरेको कसरत अहिलेसम्म पुरा भएको छैन ।
