२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ करिब ५ बर्ष दमकमा विशषेज्ञ सेवा दिएकी डा. खुश्वु प्रीया मिश्रा तीनबर्षका लागि दमकबाट बिदा भएकीछन् । लाइफ लाइन अस्पतालकी मेडिकल डाइरेक्टर मिश्राले तीन बर्षपछि आफु दमक फर्केर आएर यहाको जनताको सेवा गर्ने पनि जनाएकीछन् । उनले दमकले आफुलाई चिनाउनमात्र नभएर जीवनमा समेत धेरै खुसिका वहारहरु दिएको बताईन् ।

यसै पनि स्वास्थ्य क्षेत्रमा महिला विशेषज्ञहरु कम भएको अवस्थामा दमकमा उनको उपस्थिति रहेको थियो । शुरुवातका चरणमा कम उमेर भएकाहरुलाई विशेषज्ञ डाक्टर नमान्ने र देखाउन हिच्किचाउनेहरुले एक पटक सेवा पाएपछि उनलाई देखाउन मरिहत्ते गर्ने गरेको पाईन्थ्यो ।

म दमक विर्सन सक्दिन र फर्केर यहि आउछु, उनले भनिन् । उनि शुक्रबारबाट लाइफलाइन अस्पतालबाट बिदा भएकीहुन् । विदाई कार्यक्रममा लाइफ लाइन अस्पतालका प्रशासकीय अधिकृत सिम्रिक गिरीले थप अध्ययनका लागि शुभकामना दिदै फेरी दमक आउनेमा आशाबादी रहेको बताए ।