२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

बिर्तामोड । प्रहरी चौकी बिर्ताबजारमा कार्यरत एक महिला प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । २४ वर्षिया ती महिला प्रहरी मेची आँखा अस्पताल क्वारेन्टाइनको सुरक्षार्थ बसेकी थिइन् ।

उक्त क्वारेन्टाइन बिर्तामोड नगरपालिकाले स्थापना गरेको हो । उनलाई आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् । सुरक्षाकर्मीमा यसअघि झापाका ३५ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भइसकेको छ ।