२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  झापाको दमकमा स्थानीय सरकार र संघीय सरकारले अनुरोध गरे बमोजिम सुरक्षा उपाय नअपनाई पसल तथा ब्यवसाय सञ्चालन भएकाछन् । होटल तथा रेष्टुरेन्टहरुमा पनि कुनै सावधानी अपनाएको पाईदैन ।

सबै प्रकारका पसल तथा ब्यवसाय सञ्चालनमा आएकाछन् । अनिवार्य रुपमा माक्स प्रयोग गर्न भनिएपनि दमकमा भने यसको खास प्रभाव परेको छैन । झापामा माक्स नलगाउनेलाई रु १०० जरिवाना भनिएको छ ।

सावधानी र स्वास्थ्य सुरक्षाको ग्यारेन्टि हुने गरी पसल, ब्यवसाय खोल्नका लागि सरकारको आग्रह रहेको छ । तर यस्तो आग्रहको ब्यवसायीहरुले पालना गरेका छैनन् । आम मानिसहरु पनि सचेत देखिदैन्न ।

साबुन पानीले हात धुने ब्यवस्था वा ह्याण्ड सेनीटाइजरको ब्यवस्था, सामाजिक दुरी कायम राखेर मात्र किनबेच लगायतका शर्त तथा अनुरोध दमकमा पालना भएको छैन ।

दमकको शब्जि बजार त झनै असुरक्षित रहेको छ । भिडभाड पनि धेरै र सावधानी केहि अपनाएको पाइदैन । समुदायमा कोरोना संक्रमण शुरु भएको अवस्थामा दमक पनि खतरामा पर्ने देखिन थालेको छ ।

स्थानीय सरकार दमक नगरपालिकाले सचेतना अपनाउन आग्रह गर्दै आएको छ । सरकारले लकडाउन सकिएको बताएसंगै चौतर्फ लापरवाही देखिन थालेको हो ।

अझ दमकमा सिटी र टेम्पोहरुमा समेत कोचाकोच गरेर यात्रुहरु बोक्दै आएकाछन् । यसतर्फ पनि सरोकारवाला निकायहरुको ध्यान जान सकेको जस्तो देखिदैन ।

यसैबीचमा शनिवारमात्र दमक नगरपालिकाका कर्मचारी तथा समुदायमा काम गरिरहनेहरुको पिसिआर जाँचका लागि स्वाब संकलन भएको छ । समुदायमा कोरोना संक्रमणको त्राससंगै अहिले जाँचका लागि मानिसहरु आग्रह गर्न थालेकाछन् ।