२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ लुटनुको पनि हद हुन्छ नी, चार दिन अघि ४० रुपिया प्रति केजी लगेको टमाटर आज १ सय रुपिया रे, दमकको शब्जि बजारमा एक उपभोक्ताको गुनासो हो यो ।

पछिल्लो समयमा कोरोना संक्रमण समुदायमा फैलने हल्ला र पुन लकडाउन हुन्छ भन्ने त्रासको फाइदा उठाउदै दमकको शब्जि बजारमा खुलमखुल्ला लुटधन्दा शुरु भएको छ ।

यो एक हप्ताको अवधिमा हरेक शब्जिको मूल्य दोब्बरभन्दा बढि बढाईएको छ । त्यतिमात्र होइन पसल नै पिच्छे मूल्य फरकफरक रहेको छ । बिशेष गरेर टमटर र आलुको मूल्य अचाक्लिमात्रामा बढाएको पाईएको छ ।

४० देखि ५० रुपियाको टमाटरलाई १ सय रुपिया पुर्याईएको छ । ३५ देखि ४० को आलुलाई ६० रुपियासम्म लिन थालिएको छ ।

नगरपालिकामा दूई महिना अघि भएको सहमति अनुसार अनिवार्य रुपमा मूल्य सूचि टाँस गरिनु पर्ने हो । तर यस्तो गरेको पाइदैन ।

ब्यापारीहरुले मूल्य सूचि टाँस गर्दा ठग्न अर्थात आफुखुसि मूल्य राख्न नपाएपछि मूल्य सूचि टाँस गर्ने कार्य नै रोकिएको छ ।

ब्यापारीले बिरोध गरेकाले र लिएको मूल्य फरक परेको भनेपछि मूल्य सूचि टाँस रोकेका हौ, तरकारी तथा फलफुल ब्यवसायी संघ नयाँ शब्जि बजारका अध्यक्ष कुमार श्रेष्ठले भने ।

उनले अस्वभाविक मूल्य बढेको स्वीकार गरे । केहि मूल्य त बढेको हो, उनको भनाई थियो । दोब्बर नै मूल्य बृद्धि गर्नु पर्ने अवस्था कसरी आयो ?

उनले दोब्बर नै मूल्य बृद्धि गरिहाल्नु पर्ने अवस्था भने नरहेको जनाए । टमाटर र आलुमा धेरै मूल्य बृद्धि भएको छ, उनले भने ।

दमकको नयाँ शब्जि बजारको मनपरीतन्त्र तोड्न उपभोक्ताले आग्रह गरेकाछन् । उनिहरुले सामाजिक सञ्जाल मार्फत आकाशिएको मूल्य बृद्धिबारे प्रश्न उठाएकाछन् ।

बिचौलियाका कारण मूल्य बृद्धि भएको शब्जि बजारका सचिब बिपीन बस्नेतले बताए । दूइचार जना बिचौलियाहुँदै दमकसम्म शब्जि आइपुग्दा यहाँ अचाक्लि मूल्य बृद्धि भएको उनले बताए ।

किसान हुँदै सिधै ब्यापारी र उपभोक्ताबीच किनमेल भएको अवस्थामा यति महगो हुने थिएन, उनले भने । यस बिषयमा स्थानीय सरकार तथा सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।