यसकारण अति महत्वपुर्ण छ रक्षाबन्धन, रक्षा बन्धन एउटा यस्तो पावन बन्धन हो जसले हाम्रो जीवनलाई ज्ञान, सत्य र कर्तव्यमा बाध्छ
कल्पना विश्वकर्मा
आज हामी श्रावण महिनामा पर्ने पावन पर्व जनै पूर्णिमा मनाई राखेका छौं । जसलाई रक्षा बन्धन पनि भन्ने गरिन्छ । वर्षमा एक चोटी आउने यो पावन पर्वलाई भाई – बहिनीको अटुट सम्बन्ध, प्रेम , शद्धता र सुरक्षाको प्रतीकको रुपमा मनाइन्छ । हाम्रो परम्पराको यो यस्तो एउटा पावन पर्व हो, जो भाई–बहिनीको स्नेहको साथ–साथै हरेक सामाजिक सम्बन्धलाई मजबूत पार्दछ , त्यही भएर यो पर्वले भाई–बहिनीलाई स्नेहको बन्धनमा जोड्ने संग–संगै हाम्रो सांस्कृतिक, सामाजिक सद्भावनाको महत्तव पनि राख्दछ । रक्षा बन्धनको पर्व एक अर्कालाई आश्वसन र विश्वास दिने र कुनै पनि अवस्थामा एक अर्कालाई साथ र सहयोग दिने दिनको रुपमा पनि मनाईन्छ ।
रक्षा बन्धनको पर्वलाई हेर्ने होे भने यस पछाडीको भावना र आध्यात्मिकता दुवै मर्ज भएको पाईन्छ । यस पर्वले हामीलाई महत्तवपुर्ण नैतिक सन्देश दिन्छ , वास्तवमा यो पर्व निःस्वार्थ प्रेम र पवित्रताको प्रतीक हो । रक्षाबन्धनको दिन बहिनीले भाईलाई तिलक लगाँउछिन् जसको प्रतीक हो समाजको हरेक लाई मानवता संग हेर्ने र हरेक प्रति भ्रातृत्वको भावनालाई सँधै जागृत राख्ने । त्यस पछि बहिनीले भाईलाई हातमा राखी बाध्छिन् जसको सार हो प्रेम र पवित्रताको बन्धन साथै हरेक बहिनीले यो विश्वास लिन्छिन् की उनको भाईले सँधै सद्गुण र सबै प्रति सहयोग गर्ने भावना राखिरहन्छन् ।
यसदिन हामीले पूरोहितबाट पनि पावन धागो बाध्छौं यो पावन धागो बाध्नुको अर्थ हामीलाई हाम्रो जिम्मेवारीहरु प्रतिको बोध गराइएको हो –ज्ञान प्रतिको जिम्मेवारी, परिवार प्रतिको जिम्मेवारी विशेष गरेर बुबा–आमा प्रतिको जिम्मेवारी र समाज प्रतिको जिम्मेवारी । रक्षा बन्धन एउटा यस्तो पावन बन्धन हो जसले हाम्रो जीवनलाई ज्ञान, सत्य र कर्तव्यमा बाध्छ जसले गर्दा हाम्रो जीवन सहि र सुरक्षित हुन्छ साथै हामीलाई हाम्रो कर्तव्य, मर्यादाहरुको बोध गराउँछ ।
रक्षा बन्धनको अर्थ सामाजिक स्तरमा हाम्रो सर्व प्रतिको मर्यादा , सोच ,विचार ,व्यवहारहरुको रक्षा गर्नु हो । रक्षा बन्धन भन्नाले सु–रक्षा(स्ंवयको रक्षा) आर्थात् आफ्नो रक्षा गर्ने , हरेक प्रकारको मन र संस्कारमा जुन नकारात्मक विचार छन् त्यो विचार बाट मुक्त हुनुको साथै परिवार, समाजको सहि रुपमा हाम्रो सकारात्मक सोच ,विचार र व्यवहार बाट रक्षा गर्नु र स्वतन्त्रताको साथ मर्यादाको रक्षा गर्नु हो ।
आज हाम्रो वर्तमान समाजमा हामी सबैको सामु जुन खालको सामाजिक कुरीति ,विकृतिहरु छन् , जस्तै हाम्रो समाजमा अहिले पनि अधिकांशरुपमा महिला दिदी–बहिनीहरु असुरक्षित छन् । जसले गर्दा हाम्रो समाजमा विभिन्न घटनाहरु घटी रहेको ,महिलाहरुमाथिको हिंसा, महिला भएकौ कारणले दुरव्यवहार गरेको पाईन्छ । तर यो पर्वले हामीलाई यो बोध गराउछ की हामीले एक अर्कालाई सम्मान साथ व्यवहार गर्नु पर्छ भन्ने हामी बीच जागरुकता पैदा गर्न महत्तवपुर्ण छ र हाम्रो सम्बन्ध ,सोच, विचार, व्यवहार, जिम्मेवारी या कर्तव्य आफु र आफ्नो परिवार संग मात्र सिमित नभएर समाज संग पनि गर्नु पर्छ भन्ने यो पर्वको उद्देश्य पनि हो ।
चाहे त्यो पुरुषले महिला प्रति गर्ने सोच, व्यवहार होस् या महिलाले पुरुष प्रति गर्ने सोच, व्यवहार होस् या फेरी एउटा सन्तानले आफ्नो बुबा आमालाई गर्ने व्यवहार होस् या प्रकृति प्रति मनिसले गर्ने जिम्मेवारी होस् । जसले गर्दा हामीले यो पावन पर्वलाई एउटा भाई–बाहिनीको या पावन धागोको रुपमा मात्र नभएर , हामीले हाम्रो सोच, विचार, व्यवहार ,भावना, एक अर्कालाई गर्ने आदर ,सद्भावना ,संकल्प, कर्महरुलाई सन्तुलितरुपमा राख्नुको साथै राम्रो सोच, सकारात्मक विचारहरुबाट आफु, परिवार र सामजलाई बाध्नु हो भने ,नकारात्मक विचारबाट आफु, परिवार र सामजलाई सुरक्षित राख्नु पनि हो ।
व्यक्तिले व्यक्तिसंग सन्तुलित व्यवहार गरे, त्यो परिवार, समाज , राष्ट्र स्वतः नै सन्तुलित हुन्छ ,जसले गर्दा सुरक्षित, समृद्ध र सुखी परिवार , समाज ,राष्ट्र बन्न पुग्छ । यो व्यवहारलाई हामीले आत्मसात् ग¥यौ भने वास्तवमा नै हामीले सहि रुपमा रक्षा बन्धन मनाउने छौं ।
