२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा नेपाली काँग्रेसको नगर सभापतिका लागि चहलपहल शुरु भएको छ । तीनजनाले प्रमुख दाबेदारी प्रस्तुत गरेकाछन् भने मध्यमार्गी धारमा अन्य उम्मेदवारहरुको पनि तयारी शुरु भएको बताईन्छ । सभापतिको दाबेदारहरु अधिकाँश युवा रहेकाछन् ।

प्रकाश प्रशाई

प्रशाईको प्रमुख दाबेदारी रहेको छ । प्रशाइ दमकका परिचित ब्यवसायीका नेता हुन् । उनि हाल काँग्रेस नगर सचिब पनि हुन् । दमक उद्योग बाणिज्य संघमा लामो समय अध्यक्ष रहेर उनले दमकमा आफ्नो नाम र कामलाई चिनाएकाछन् । उनले अब आफ् ब्याक नहुने गरी सभापतिको तयारी थालेको बताउदै आएकाछन् । उनले दमक काँग्रेसको शाखलाई बढाउनका लागि आफ्नो उम्मेद्वारी रहेको भन्दै आएकाछन् ।

रोशन बिष्ट

हाल नगर सभापति रहेका उनी पुन दोर्याउने सोचमा रहेकाछन् । यद्यपी आफुले सबैको छलफलपछि निष्कर्षमा पुग्ने र अहिले नै उम्मेद्वारीको बिषयमा कुरा गर्ने समय नभएको जनाउदै आएकाछन् । नेपाल विद्यार्थी संघको झापा जिल्ला सभापति हुँदै उनि दमक नगर सभापति भएकाहुन् । उनि निकटस्थहरुले उनलाई एकपटक दोर्याउनका लागि भनिरहेको बताइन्छ ।

पर्शुराम रिजाल

दमकमा सधै मध्यमार्गि भुमिकामा देखिने काँग्रेसमा बिचार र सिद्धान्तको पक्षमा वकलात गर्दै आएका पर्शुराम रिजालको नाम पनि निक्कै चर्चामा रहेको छ । यसभन्दा अघि पनि उनको सभापति देखि लिएर दमक नगर प्रमुखमा उठ्ने सम्मको चर्चा रहेको थियो । उनको पनि प्रमुख दाबेदारी रहेको उनि निकटस्थहरुको भनाई रहदै आएको छ ।