२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

सुरुङ्गा क्षेत्रमा समुदाय स्तरमै कोरोना फैलिएको छ । कनकाई नगरपालिका ३ बजार क्षेत्रका एक जना बैँकका म्यानेजरमा कोरोना संक्रमण पुष्ट्रि भएसगै समुदायमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल कनकाई नगरपालिकाबाट बजार क्षेत्रका ३ घरमा रातो झण्डा गाडेर शिल गरिएको छ भने ती घर तथा अन्य कन्ट्राक ट्रेसिङ गरेर अन्यको पनि पिसिआर चेक गरेर नगरपालिकामा के गर्ने भन्ने निर्णय गरिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले  बताउँनुभयो ।

केहि दिन पहिलेपनि कनकाई ७ की एक महिलाले बच्चालाई चुम्मा खादा कनकाईका ७ वटै वार्डलाई पुर्णतय शिल गरिएको थियो । तर पछि पिसिआर चेक गर्दा थप कसैलाई पनि पोजेटिभ देखिएको थिएन । त्यसकारण पनि कनकाई नगरपालिकाले संक्रमण हुदा सम्बन्धित क्षेत्र वा इलाकालाई मात्रै शिल वा लकडाउन गर्ने गरेको नगरपालिका स्रोतले जनाएको छ ।

नगरप्रमुख पोखरेलले आज कोरोना संक्रमित परिवार लगायातको ५ जनाको पिसिआरका चेकका लागि स्वाव संकलन गरि बिराटनगर पठाईको र वाकी अन्यको समेत भोली पिसिआर चेकका लागि स्वाव संकलन गरि पठाइने बताउँनुभयो ।

सुरुङ्गाका कोरोना संक्रमित व्याक्ति हालैमात्रै काठमाण्डौ सरुवा भएपछि सुरुङ्गाकै एक निजि सवारी लिएर काठमाण्डौ गएका थिए । उनको बैँककले पिसिआर चेक गर्दा पोजेटिभ भेटिएपनि उनलाई गाडीमा लिएर जाने , कोरोना संक्रमित र घरमा आउने थप एक गरि हाल सुरुङ्गामा ३ घरलाई पुर्णतय शिल गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

सुरुङ्गामा कोरोना संक्रमित यहि स्थानीयनै भएकोले सुरुङ्गामा कोरोना संक्रमण समुदायमा प्रथम पटक देखिएको हो । हालसम्म कनककाई नगरपालिकामा फेला परेका सबै कोरोना संक्रमितहरु नेपाल बाहिरबाट आएका थिए ।-कनकाई अनलाईन