दमकमा औषधि डिस्टिब्यूटर्सले नै प्रतिबन्धित तथा लागुऔषधको रुपमा प्रयोग गर्ने औषधि बिक्री गर्ने गरेको खुलासा
विष्णुप्रसाद पोखरेल
दमक/ दमकमा औषधि डिस्टिब्यूटर्सले नै प्रतिबन्धित तथा लागुऔषधको रुपमा प्रयोग गर्ने औषधि बिक्री गर्ने गरेको खुलासा भएको छ । पछिल्लो समयमा दमकमा लागुऔषधजन्य औषधि प्रयोग गर्ने वालबालिका देखि लिएर युवाहरुको संख्या बढ्दै गएको छ ।
झापको दमक ६ स्थित दमक मेडिसन डिष्टिब्यूटर्स प्रा.लि.मा औषधि ब्यवस्था कार्यालय बिराटनगरले छापा मार्दा यस्तो भेटिएको हो । छापा मार्ने क्रममा ठुलो परिमाणमा यस्ता औषधि फेला परेको औषधि ब्यवस्था कार्यालयका निरीक्षक दिपेन्द्र खड्काले बताएकाछन् ।
अनुसन्धानका लागि यसका सञ्चालक गंगाबहादुर खड्कालाई नियण्त्रणमा लिएर अनुसन्धान शुरु भएको पनि बताईएको छ । मोरग अदालतले खड्कालाई पक्राउ पुर्जी जारी गरेको थियो । त्यहि पुर्जी सहित आएर औषधि .ब्यवस्था कार्यालयले उनको घरमा छापा मारेको थियो ।
यसभन्दा अघि पनि घुमुवा प्रहरीले यो थाहा पाएको र मिलेमतोमा छाडेको बताईन्छ । दमकका कतिपय औषधि पसलहरुको अहिलेको मुख्य कमाई नै लागुऔषधको रुपमा प्रयोग हुने औषधिहरु विक्री भएको बताईदै आएकोमा यो घटनाले त्यसको पुष्टि गरेको छ ।
यौन उत्तेजक औषधिहरुदेखि लिएर नेपालमा दर्ता नभएका औषधिहरु र अस्पताल बाहेक अन्य ठाँउमा नपाईनु पर्ने औषधिहरु पनि दमकमा विक्री हुने गरेको बताईदै आएको छ ।
दमकमा औसधि मात्र होइन यस्तो पनि ब्यपार
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, August 7, 2020
