कोराना संक्रमित उपचारमा आएको पत्तो पाएपछि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा आउजाउमा रोक
विष्णुप्रसाद पोखरेल
दमक/ एक शशस्त्र प्रहरी ज्वरो आएपछि उपचारमा आएको र उनि कोरोना पोजेटिभ भएको पुष्टि भएपछि दमक चोकमा रहेको नीजि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा आउजाउमा रोक लगाईएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाको निर्देशन र हस्पिटलको निर्णय अनुसार नै अहिले आउजाउमा रोक लगाईएको बताईएको छ ।
केहि दिन अघि स्वाव संकलन गरिएका एक शशस्त्र प्रहरी त्यहाँ उपचारमा आएको र आजैमात्र उनको रिर्पोट पोजेटिभ आएपछि दमकमा यसले त्रास पैदा भएको छ । दमक हस्पिटल श्रोतका अनुसार एकजना फिजिसियन र ल्याव बाहेक उनको अन्य खास कसैसंग सम्पर्क रहेको छैन । यद्यपी अस्पतालका सबै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सेल्फ क्वारेन्टाइनमा रहने निर्णय भएको छ ।
आउजाउमा समेत रोक लगाईएको छ । दमक नगरपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार सोमबार विहानैदेखि ट्राभल हिस्ट्रि पहिल्याएर स्वाब संकलन शुरु गर्ने तयारी भएको छ । समुदायमा कोरोना संक्रमणको त्रास फैलिरहेको अवस्थामा क्वारेन्टाइन नरहेका ब्याक्तिमा कोरोना देखिएको हो ।
दमकबाट एक सय ७ जनाको स्वाब परीक्षणका लागि पठाइएको भएपनि ४७ जनाको रिर्पोट आएको हो । यसमा १ जनाको पोजेटिभ र अन्य सबैको नेगेटिभ आएको पनि जनाईएको छ ।
