२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकको मुख्य चोकमा नै रहेको खनाल मार्केट ५ दिनका लागि ब्यवसायीहरुले स्वतस्फूर्त रुपमा बन्द गर्ने निर्णय गरेकाछन् । दमकमा समुदायमा कोरोना संक्रमण देखिएसंगै यहाँका ब्यवसायीहरुले कम्तिमा ५ दिन बन्द गर्ने निर्णय गरेकाहुन् ।

दमकमा शुक्रबार ७ जनामा कोरोना संक्रमण देखिएपछि ब्यवसायीहरुमा कोरोना संक्रमणको त्रास रहेको छ । समुदायमा घुलमिल रहेका र दैनिक काम गरिरहेका ब्याक्तिहरुमा कोरोना देखिएसंगै ब्यवसायीहरुमा त्रास सिर्जना भएको छ ।

खनाल मार्केटमा मोवायलको ब्यवसाय गर्दै आएका कविन श्रेष्ठका अनुसार कमाइभन्दा पनि यो अवस्थामा ग्राहक तथा आफ्ना उपभोक्ताहरुको स्वास्थ्यको सुरक्षा नै महत्वपुर्ण भएकाले हामीले पसल बन्द गर्ने निर्णय भएको हो । पैसा त बाँचे भोली पनि त कमाईन्छ तर स्वास्थ्य बिग्रियो भने त गाहे छ, उनले भने ।

खनाल मार्केटमा बिभिन्न प्रकारका डेढ दर्जनभन्दा बढि पसलहरु रहेकाछन् । अधिकाश पसलहरुले बन्द गर्ने निर्णयमा हस्ताक्षर गरेकाछन् । शुक्रबार अपरान्ह पसल सञ्चालकहरु बीच यस बिषयमा छलफल भएको थियो ।

दमक नगरपालिकाले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल खोल्न सकिने निर्णय गरेको थियो । यहि अनुसार शुक्रबारदेखि दमकका पसलहरु खुल्न पनि थालेका थिए । शुक्रबार दिउसो कोरोना संक्रमण समुदायमा फैलिएको रिर्पोट आएपछि ब्यवसायीहरु पनि पसल खोल्ने की नखोल्ने अन्योलमाछन् ।