२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखि त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/  झापाको दमक समुदायमा कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । समुदायमा एकैसाथ ६ जनामा कोरोना संक्रमण देखिएसंगै यो सम्भावाना रहेको हो । बिद्यूत प्राधिकरणका ५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखियो । जो नियमित काममा रहेका थिए । उनिहरु बाहिर पनि निस्केका थिए ।

जोखिममा रहेकाहरुको स्वाब संकलन र परीक्षण हुन्छ । उनिहरु होम क्वारेन्टाइन वा नगरपालिका तथा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बस्नु पर्ने हो । तर स्वाब दिएर फोटो फेसबुकमा हालेर लखरलखर हिड्दा र नियमित काम गर्दा दमकमा कोरोना संक्रमण समुदायमा आइपुगेको छ ।

 

अब कम्तिमा पनि ५ सय देखि १ हजार जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण जरुरी रहनेछ । उनिहरु होम क्वारेन्टाइन वा अन्य क्वारेन्टाइनमा नबसे अर्को संकट उत्पन्न हुनसक्छ । यस बिषयमा समयमा नै सचेत वा शतर्क हुन पनि जरुरी छ ।

यता दमकको शब्जि बजारका ब्यापारीमा उपचारका लागि धुलिखेल अस्पताल पुग्दा कोरोना संक्रमण भएको पत्तो लाग्यो । उनी पथरीया भएको आंशकामा दमकको अस्पताल सहित निक्कै ठाँउ पुगे । जब धुलिखेल पुगे त्यसपछि कोरोना संक्रमण भएको पुष्टि भयो । यसले शब्जि बजार नैल सिल भएको छ ।

दमकमा भारतीय शब्जिहरु निर्वाध आउथ्यो । यसलाई रोक्न धेरै नै माग भयो तर कसैले सकेन । यस्तो मागलाई कसैले टेरेन । अब भयाभह अवस्था आउने संकेत देखिएको छ । सामुहिक प्रयासबाट मात्र अब यो जोखिमबाट नगरलाई बचाउन सकिन्छ । यसर्थ सबै आफ्नो ठाँउबाट लाग्नु पर्छ ।

नगरपालिकाले लकडाउन गरेन वा कडा गरेन भनेर आलोचना हुँदैछ । आफु हामी घरबाट ननिस्कनु र सेल्फ लकडाउनमा बस्ने हो भने नगरपालिकाले औपचारिक निर्णय गर्नु पर्छ र ? दोष नगरपालिकालाई दिएर आफु चाहि जोखिम बढाउने भने त्यसको अर्थ के रहन्छ र ? हामी सबैको कोरोनाबाट भगवानले रक्षा गरुन ।