दमकमा थप ६ जनामा कोरोना संक्रमणले समुदायमा जोखिम बढ्दै, लकडाउन थप कडा पार्ने
विष्णुप्रसाद पोखरेल
दमक/ दमकमा सोमवार समुदायमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै समुदायमा कोरोना संक्रमण उच्च जोखिम पैदा भएको छ । दमकका ५ जना बिद्यूत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र थप परीक्षणमा अरुमा पनि देखिएको छ । समुदायमा कोरोना संक्रमण आइसकेको अवस्था हो, दमक नगरपालिका स्वास्थ्य शाखा श्रोतले भन्यो ।
कोरोना संक्रमितको संख्या बढ्न थालेसंगै दमक बजार अनुगमन समितिले आफ्ना सक्रियता बढाएको छ । विहानैदेखि अनुगमनमा निस्कदै खुलेका पसलहरु बन्द गराएको छ । शब्जिहरु पनि नियण्त्रणमा लिएको छ । हार्डवेयरहरुले लकडाउन पालना नगरेपछि त्यहाँ पनि नगरपालिकाले चाबी लगाईदिएको छ ।
अनुगमन समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष भीम पौड्ुयालका अनुसार जोखिम कम गर्नका लागि र संक्रमण फैलिन नदिनका लागि अब लकडाउन पुर्ण पालना गर्नुको विकल्प छैन, उनले भनेकाछन् । कसैलाई पनि पसल खुला गर्ने र जोखिम बढाउने छुट छैन, उनले भने ।
दमकमा बजार तथा पसल अधिकाश बन्द रहेकाछन् । यद्यपी केहिले भने अटेर गरेको पाईको छ । अटेर गर्नेलाई कार्वाही शुरु गरिएको बताइन्छ । दिनानुदिन कोरोना संक्रमित थपिदै गएको अवस्थामा हेल्चेक्राई गर्नु र नगरपालिकाको निर्णय अवज्ञा गर्नु उचित होइन, पौड्यालले भने ।
