दमक नजिकै कमल गाँउपालिकाको पाडाजुंगी पनि बन्द
दमक/ झापाको दमकसंग सिमा जोडिएको कमल गाँउपालिका ५ को पाडाजुंगी बजार पनि स्थानीय ब्यवसायी तथा युवाहरुले बन्द गराएकाछन् ।
दमकमा कोरोना संक्रमण समुदायमा आएकाले त्यसको असर पर्न यहाँ पर्न सक्ने भन्दै एकसाताका लागि पाडाजुंगी बन्द गर्ने निर्णय स्वतस्फूर्त रुपमा गरिएको स्थानीय धिरेज श्रेष्ठले बताए ।
कमल गाँउपालिकाले यसभन्दा अघि सूचना निकाल्दै आंशिक लकडाउन गर्दै आएको छ । निश्चित समय दिएर ब्यापार ब्यवसाय खोल्न दिदै आएको छ । स्थानीयले भने यसले जोखिम निम्तन सक्ने भन्दै समयमा नै पुर्ण लकडाउनको माग गर्दै आएकाछन् ।
