दमकमा कोरोना संक्रमित बढेको बढ्यै, संक्रमितको संख्या २८ पुग्यो
दमक/ झापाको दमकमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा र क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । दमक नगरपािलकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार पोजेटिभ आएकाहरुलाई अस्पताल पुर्याएर कन्ट्याक्ट ट्रेसिङको काम शुरु हुनेछ ।
दमकको होटल पाथिभरामा क्वा्रेन्टाइनमा बसेकाहरुमा पोजेटिभ देखिएको हो । समुदायका ३ जना रहेको बताइन्छ । यो संगै दमकमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । उनीहरुको स्वाव गत साउन ३० गते संकलन गरेर पठाइएको थियो ।
