२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा नै पहिलो पटक दमकमा एक ब्याक्तिमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि भने दमकमा खासै संक्रमण देखिएन । संक्रमण देखिएकाहरु पनि क्वारेन्टाइनमा रहेका थिए । तर यो एकसातामा कोरोना संक्रमण दोब्बर बढेको छ । त्यो पनि समुदायका धेरै रहेकाछन् । यसले गर्दा समुदायमा कोरोना संक्रमण त्रास बढेको छ ।

बिद्यूत प्राधिकरणका कर्मचारीहरु सहितलाई कोरोना संक्रमण देखिएको थियो । एकसाता अघि पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको हो । त्यसपछि आएका रिर्पोटहरुमा कोरोना संक्रमण समुदायमा देखिन थालेको छ । नगरपालिकाले परीक्षणको दायरा पनि बढाउदै गएको बताईन्छ ।