झापाको दमकमा थप १० जनामा कोरोना संक्रमण पुष्टि
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा समुदायमा हेलमेल भएका र क्वारेन्टाइनमा रहेकाहरु रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एकैपटक एकैदिन दमकमा सबैभन्दा धेरैमा कोरोना पोजेटिभ आएको यो पहिलो हो । चारदिन अघि बिद्यूत प्राधिरकणका ५ जना कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दमकमा समुदायमा कोरोना संक्रमण देखिएसंगै स्वाब परीक्षणलाई फराकिलो बनाईएको र अब थप बढ्न सक्ने देखिन्छ, नगरपालिका श्रोतले भन्यो । हामी जोखिममा रहेका छौ र सबै सुरक्षित भएर लकडाउनको पुर्ण पालना गर्न सके थप सक्रमण कम गर्न सकिन्थ्यो, नगरपालिकाका एक जनप्रतिनिधिले भने ।
दिउसो ७ जना र अपरान्ह ३ जना गरेर आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ३ जनामा २ जना क्वारेन्टाइनका रहेकाछन् । एकजना भने समुदायको रहेको बताईएको छ । कोरोना संक्रमितहरुको ब्यवस्थापन खटिन दमक नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुलाई भ्याइनभ्याइ शुरु भएको छ ।
यो संगै दमकमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । आज देशभर १ हजार १६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २८ हजार २ सय ५७ पगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ५ लाख ८२ हजार ८ सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ । संक्रमितमध्ये १७ हजार ५ सय ८० जना उपचारपछि घर फर्किएका छन् ।
