२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं, २ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो । एक सय वर्ष कटिसकेका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो । उनको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।

घिमिरेको बुधबार विहान अन्तिम संस्कार गरिने भएको छ । सरकारले उहालाई राष्ट्रिय सम्मान प्रदान गर्ने भएपछि बुधबार विहान मात्रै अन्तिम संस्कार गरिन लागेको परिवारस्रोतले जानकारी दिएको छ ।

उहाको पार्थिव शरिरलाई अहिले उहाकै निवास कपुरधारामा राखिएको छ । यसैबीच, सरकारले उहालाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ । स्रोतका अनुसार भोली विहान बस्ने मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्ने भएको छ । त्यसपछि भोली नै विहान पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको हो ।

परिवारजनका अनुसार उहाको शवलाई अन्तिम श्रद्धान्जलीका लागि समेत नराखिने भएको छ । घरमा आउनेले भिडभाड नगरी अन्तिम श्रद्धान्जली दिन सक्ने बताउदै घरबाट सिधै पशुपति आर्यघाट लगिने भएको हो । कोरोना महामारी फैलिरहेकाले भिडभाड नगर्न पनि परिवारले सबैप्रति आग्रह गरेको छ ।