२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  झापाको दमकमा पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएको छ । समुदायमा समेत कोरोना संक्रमण देखिन थालेको छ । यद्यपी धेरै क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेकाहरु रहेकाछन् । कोरोना संक्रमणदर बढेपछि नगरपालिकामा दिनहु जसो सरोकारवाला निकायहरुबीच छलफल तथा बैठक भइरहेकाछन् ।

दमकमा संक्रमितको संख्या मंगलवार अबेरसम्म ४९ पुगेको छ । अधिकाँश क्वारेन्टाइनका नै रहेकाछन् । समुदायमा पनि देखिएको छ । बिद्यूत कर्मचारी र टेलिकमका कर्मचारीमा कोरोना संक्रमण देखिएसंगै समुदायमा कोरोना संक्रमणको चिन्ता बढेको छ । लकडाउनका कारण समुदायमा फैलन त्यति धेरै नपाएको बताइन्छ ।

दमक नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीका अनुसार दमकमा कुल ४९ जनामा कोरोना संक्रमण देखिएकोमा १४ जना निको भएर घर फर्केकाछन् । बाँकी ३५ जना अहिले पनि उपचाररत रहेकाछन् । उनिहरुको अवस्था सामान्य रहेको जानकारी रहेको छ  ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार कोरोना संक्रमणबाट नगरबासीलाई बचाउन सबै प्रयासहरु गरिएकाछन् । कोरोना संक्रमणको भएको अवस्थामा उपचारका लागि आइसुलेसन वार्ड समेत बनाउन थालिएको छ । नगरपालिकाले नगरबासीको सुरक्षाका लागि सक्ने काम सबै गर्छ र गरिरहेको छ, ओलीले भने ।

झापामा केहि दिनयता दमकमा नै कोरोना संक्रमितको सख्या बढ्दो अवस्थामा रहेको छ । परीक्षणको दायरा बढाएका कारण परिणाम पनि धेरै आएको पनि जनाईन्छ । मंगलवार बसेको बैठकले लकडाउनलाई कडा पार्ने र परीक्षणको दायरा बढाउदै लैजाने पनि निर्णय गरेको नगरपालिकाले जनाएको छ ।