२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखि त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ पीसीआर जाँच किन गरिन्छ ? कोरोना संक्रमणको आंशका भएमा वा कोरोना संक्रमितसंग हेलमेल भएको आंशका भएपछि स्वाब परीक्षण गर्नु पर्ने हो । तर दमकमा स्वाब परीक्षण फेसबुकमा फोटो हाल्न जस्तो भएको छ । अनि पीसीआर जाँच गरेर होटलमा रम्ने र नियमित जस्तै हेलमेमलमा रहने गरेको पाईएको छ । जसले समुदायमा कोरोना संक्रमण फैल्याउन मदत पुगेको देखिन्छ ।

क्वारेन्टाइन वाहेकका पीसीआर परीक्षण गरिएका कोहि पनि सेल्फ क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा नबसेको भेटिएको छ । दमकमा बिद्यूत कर्मचारी, टेलिकमका कर्मचारी र एक बित्तिय संस्थामा कार्यरत २ कर्मचारी स्वाब दिएर पनि आफ्नो काममा नियमित रुपमा आईरहेका थिए । साथीभाइसंग हेलमेलमा थिए ।

दमकमा लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. सुर्यानारायण शाहका अनुसार स्वाब दिएपछि होम क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा बस्ने हो भने सम्भावित जोखिम कम हुनसक्छ । तर यस्तो नदेखिदा जोखिम बढ्दो अवस्थामा रहेको छ । स्वाब परीक्षणका लागि दिने अनि बाहिर डुलेको डुल्यै गर्ने कार्य रोकिनुपर्छ, उनले भने ।

स्वाब संकलन गरिनु अघि नै उनिहरुलाई क्वारेन्टाइनमा रहने प्रतिबद्धतामा नगरपालिकाले हस्ताक्षर गराउनु आवश्यक रहेको छ । फेसनका लागि स्वाब परीक्षण गर्नेहरुलाई निरुत्साहित गर्न आवश्यक छ । होइन भने यसले भयाभह अवस्था निम्तन सक्छ । एकातिर खर्च बढ्ने र अर्कोतिर जोखिम उस्तै रहने ।

यदि स्वाब परीक्षण गरेका मानिसहरु लखरलखर हिड्छन भनेर क्वारेन्टाइनमा थुनेर राख्नु पर्यो । दाम्लोले बाँधेर राख्नुपर्यो भन्दै आक्रोश पैदा भएको छ । स्वाब परीक्षण गरिएकाको हप्तादिनपछि रिर्पोट आँउछ र त्यो हप्ताभरमा उसले सयभन्दा बढिसंग हेलमेल गरेको हुन्छ । यस बिषयमा गम्भिर बन्न आवश्यक छ ।