दमकमा कोरोनाको कहर ! कोभिड अस्पतालमा बेड नपाउदा होम आईसुलेसनमा
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा समुदायमा कोरोना संक्रमण देखिन थालेको र कोरोना संक्रमितको उपचारका लागि लैजान समस्या शुरु भएको अवस्थामा दमक नै उपचार ब्यवस्था मिलाउने तयारी शुरु भएको छ । यसका लागि बेलडाँगी शरणार्थी शिबिरमा यूएनएचसिआरले बनाएर्को एउटा पुरानो संरचना प्रयोगमा ल्याइने भएको छ ।
कम्तिमा पनि ३० जनासम्मलाई यहाँ राख्न सकिने गरी ब्यवस्थापन भइरहेको नगरपालिकाले जनाएको छ । २४ सै घण्टा चिकित्सकको सुविधा सहितको आइसुलेसन वार्ड केहि दिनमा नै तयार हुने अवस्था रहेको र यसमा आफुहरु लागि परेको दमक नगर उपप्रमुख गीता अधिकारीले बताइन् ।
दमकमा कोरोना पोजेटिभ देखिएकाहरुमध्ये केहि अहिले पनि होम आइसुलेसनमा र केहि तोकिएको क्वारेन्टाइनमा रहदै आएकाछन् । दिनानु्दिन रुपमा कोरोना संक्रमित बढेपछि प्रदेश सरकारले ब्यवस्थापन गरेका कोभिड अस्पतालहरु भरिएसंगै सक्रमित राख्ने ठाँउको अभाव शुरु भएको छ ।
दमक नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा मंगलवार दमक नगरपालिकामा सरोकारवालाहरुसंग भएको छलफलमा तत्कालै आइसुलेसन वार्ड बनाउने र कोरोना जोखिममा रहेका कार्यालयहरु सिल गर्ने लगायतका निर्णयहरु गरेको थियो । लकडाउनको समिक्षा पनि भएको थियो ।
दमकमा बिशेष गरेर सरकारी कर्मचारीहरुबाट कोरोना समुदायमा देखिन थालेको छ । दमकस्थित बिद्यूत प्राधिरकण, टेलिकम र मालपोतका कर्मचारीहरुलाई कोरोना ंसंक्रमण देखिएको छ । उनिहरु समुदाय तथा साथीभाइसंग पनि हेलमेल भइरहेका थिए ।
