दमकमा एक नीजि विद्यालयका शिक्षकमा कोरोना संक्रमण, दमकमा संक्रमितको संख्या ५० पुग्यो
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको छ । समुदायमा कोरोना देखिएको हो । शुक्रबार आएको रिर्पोट अनुसार दमक १ का एक शिक्षकमा कोरोना पोजेटिभ देखिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनको ट्राभल हिस्ट्रि भेटिएको छैन ।
नि स्वाब दिएर पनि गाँउघरमा हिडडुलमा रहेको बुझिएको छ । केहि दिन अघि उनको स्वाब लिएर परीक्षणका लागि पठाईएको थियो । दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार बिद्यूत प्राधिरकणका कर्मचारी लगायत कोरोना संक्रमितको ट्राभल हिस्ट्रिमा आधारित रहेर लिएको स्वाब परीक्षणको नतिजा आएको हो ।
यसैगरी झापाको मेची नगरमा ३ महिला र १ पुरुष , बिर्तामोडमा १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको जनाईएको छ । यो संगै झापामा शुक्रबार कोरोना संक्रमित हुनेको संख्या ७ रहेको छ । प्रदेश एक सरकारको सामाजिक बिकास मन्त्रालयका अनुसार प्रदेश एकमा आज ८९ जना सन्क्रमित थपिएका छन् ।
दमकमा कोरोना संक्रमित रहेकाहरु होम आईसुलेसनमा रहदै आएकाछन् । केहि दाहाल प्रतिष्ठानमा रहेको आइसुलेसनमा पनि रहेको भट्टराईले जानकारी दिए । प्रदेशमा कोरोना संक्रमित बढ्दै जाँदा कोरोना संक्रमितको उपचार हुँदै आएको कोभिड अस्पतालमा नयाँ संक्रमित राख्ने ठाँउ अभाव हुन थालेको छ ।
सरकारले लक्षण देखिएका कोरोना संक्रमितलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने निर्णय गरिसकेको छ । लक्षण नभएका कोरोना संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने निर्णय मन्त्रि परिषद बैठकले गरेको हो । यो संगै संक्रमितहरु होम आईसलेसनमा रहन थालेकाछन् ।
