२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा समुदायमा कोरोना संक्रमण देखिएपछि कडा लकडाउन घोषणा गरिएको आज अन्तिम दिन थप निर्णय लिन आज छलफल हुँदैछ । दिउसो अढाइ बजे नगरपालिकामा हुने छलफलले यसको निर्णय लिने छ ।

स्वाब दिएर लखरलखर हिड्ने क्रम नरोकिएको र उनिहरुलाई कोरोना पोजेटिभ देखिएकाले समुदायमा कोरोना संक्रमणको त्रास अझै पनि कायमै रहेको छ ।

यस्तो अवस्थामा केहि समय लकडाउन कायम राख्न पनि कतिपयले सुझाव दिएकाछन् । किनमेल तथा अत्यआवश्यक सामाग्रि खरिदका लागि केहि समय छुट्याउन पनि सुझाव रहेको छ ।

एकसाताको लकडाउनको समिक्षा सहित यसको निर्णय साँझ सम्म नगरपालिकाले सार्वजनिक गर्ने तयारी गरेको छ ।