दमक फार्मेसी तथा क्लिनिकका स्वास्थ्यकर्मीमा देखियो कोरोना, कन्ट्याक्ट ट्रेसिङमा अब समस्या
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकको एक चल्तिको फार्मेसी तथा क्लिनिकका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । दमक फार्मेसीका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको बताईएको छ । कोरोना संक्रमण देखिएपछि फार्मेसी सिल हुने तयारी भएको छ ।
दैनिक सयौको यहाँ आवतजावत हुने गरेको छ । यसले गर्दा कन्ट्रयाक ट्रेसिङ मा समस्या हुने देखिन्छ । दमकमा समुदायमा कोरोना देखिन शुरु गरेको सातादिन भएपनि पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना सक्रमण देखिएको हो । यो संगै अब स्वास्थ्यकर्मीहरु पनि जोखिममा परेकाछन् ।
क्लिनिकमा दर्जनभन्दा बढि चिकित्सक सहित कर्मचारी तथा स्वास्थ्यकर्मीहरु कार्यरत रहेकाछन् । यो दमकको सबैभन्दा ब्यस्त एवंं ठुलो औषधि पसल तथा क्लिनिक हो । यहाँका सबैको पीसीआर परीक्षणक लागि लगत लिने काम शुरु भइसकेको जनाईएको छ ।
दमक नगरपालिकाले कोरोना संक्रमण रोक्नका लागि दमकका अस्पताल तथा क्लिनिकहरुको ओपिडि सेवा पनि बन्द गर्न भनेको थियो । लुकिछिपी चल्दै आएका थिए । आजबाट भने त्रासले भएपनि बन्द हुने अवस्था देखिएको छ । दमकमा लकडाउन घोषणा भएर आज म्याद सकिदैछ ।
स्वास्थ्यर्मी सहित आजमात्र १६ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो । यसमा विद्यूत प्राधिकरणका कर्मचारी, शसस्त्र प्रहरी र समुदायका ब्याक्तिहरु रहेकाछन् । संक्रमणबाट बच्न अब लकडाउनको पुर्ण पालना गर्न आवश्यक छ । अन्यथा संक्रमण थप बढ्ने छ ।
