२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

बिष्णुप्रसाद पोखरेल
दमक/ दमकमा समुदायमा कोरोना संक्रमण भयाभह देखिने सम्भावना बढेको छ । पछिल्लो रेपोर्टहरुको अनुसार समुदायमा कोरोना सन्क्रमित देखिन थालेकाछ्न ।

स्वाब दिएर नियमित काम गर्नेहरुबाट खतरा बडेको पाइएको छ । पीसीआर दिने अनि फेरी काम जारी राख्दा समस्या देखिएको छ र यो रोक्नु पर्छ, एक स्वास्थ्यकर्मीले भने ।

दमकमा सरकारी कार्यलयका कर्मचारी, स्वास्थ्य कर्मचारी , शिकक्षक, क्यान्टिन संचालक! ब्यापारी लगायतमा कोरोना सङ्क्रमण देखिएको छ । यो समुदायमा सक्रिय ब्याक्तिहरु हुन ।

लकडाउनको पालना नगर्दा र स्वास्थ्य मापदन्ड पालना नगर्दा दमक जोखिममा देखिन थालेको भन्दै सचेत हुन स्वास्थ्यकर्मीहरुले आग्रह गर्दै आएकाछ्न ।

पछिल्लो बिबरण र कोरोना पोजेटिभ संख्या बडदै गएपछि लक डाउन थपिन संभावना बढेको छ । आज यस विषयमा निर्णय हुदैछ ।